शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

दमौली बजारमा दिउँसै खुकुरी प्रहार, घाइतेको पोखरामा उपचार हुँदै

सोमबार, २२ जेठ २०७४, १५ : ०९
सोमबार, २२ जेठ २०७४
तनहुँ, जेठ २२ – दमौली बजारमा सोमबार(आज) दिउँसो एक युवकले काठमाडौका व्यवसायी अमृत कुमार चौलागाईलाई खुकुरी प्रहार गरेको छन् । व्यास ९ कलेस्ती बस्ने देव गुरुङले सोमबार दमौलीस्थित ओरेन्ज होम होटलमा खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घाइते चौलागाईको टाउकोमा चोट लागेको छ । खुकुरी प्रहार गर्ने युवकको खोजी भैरहेको र घाइते चौलागाईको दमौलीस्थित रत्नहरी अस्पतालमा सामान्य उपचारपछि पोखराको फेवासिटि अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक बिजयराज पण्डितले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप