गर्मीले छटपटाएको घोडा कारको सिसा तोडेर भित्र छिर्यो
एजेन्सी
जेठ २२ – गर्मीले आफ्नो ताण्डव देखाइरहेको छ । यसैबिच जयपुरको प्रचण्ड गर्मीमा सुरुमा त एक कार र घोडा एक आपसमा ठोक्किए त्यसपछि घोडा कारभित्र छिर्यो । त्यसपछि अचानक मानिसहरुबिच कोकोहोलो मच्चियो ।
आइतबार जयपुरमा एक कार र घोडा एक आपसमा नमज्जाले ठोक्किए । ठक्कर यति तेज थियो कि घोडा कारको सिसा तोडेर भित्र प्रवेश गर्यो ।
मिडिया रिपोर्टका अनुसार एक टाँगा भएका व्यक्तिले आफ्नो घोडालाई बाँधेर राखेका थिए । घोडा गर्मीका कारण निकै छटपटाइरहेको थियो जसका कारण घोडा डोरी तोडेर भाग्न थाल्यो र अगाडिबाट आइरहेको कारको बोनटसँग ठोक्कियो र त्यसपछि अगाडिको सिसा तोडेर कारको भित्र छिर्यो । त्योभन्दा अगाडि घोडाले एक बाइकलाई पनि ठक्कर दिएको बताइएको छ ।
उक्त दुर्घटनामा घोडालाई त चोट लाग्यो नै साथै कारमा बसेका एक इभेन्ट कम्पनीमा कार्यरत पंकज जोशीलाई पनि चोट लाग्यो । कारको सिसा उनको शरिरको थुप्रै भागमा छिरेका छन् । भाग्य नै भन्नुपर्छ घोडा ड्राइभर सिट भए ठाउँमा ठोक्किएको होइन । यसैकारणले उनलाई धेरै चोट लाग्न पाएन ।
प्राथमिक उपचार केन्द्रमा उपचार पछि कार चालक घर गएका छन् । साथै घोडालाई पनि कारबाट निकालियो । घोडाको स्थिती नाजुक थियो । यद्यपी, केही समयपछि घोडा पनि उभियो तर उपचार जारी रहेको छ ।
वन विभागका पशु चिकित्सक डा. अरविन्द माथुरका अनुसार धेरै गर्मीका कारण घोडा भागेको र आँखामा कपडा बाँधिएको हुनाले जब यताउता भाग्न थाल्यो तब हंगामा मच्चिएको जसका कारण घोडा डराएर गाडीमा हाम फालेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
-
विश्वका उत्कृष्ट ५ 'अन-टाइम पर्फर्मेन्स' विमान कम्पनीको सूचीमा एअर इन्डिया
-
शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि दरखास्त आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण