स्थानीय तहको निर्वाचनमा असहयोग गर्ने १६ काँग्रेस नेता कारबाहीमा
सल्यान, २२ जेठ । गत वैशाख ३१ सम्पन्न स्थानीय तहको निर्वाचनमा असहयोग गर्ने १६ जना नेपाली काँग्रेसका स्थानीय नेता कारबाहीमा परेका छन् । हालै सम्पन्न स्थानीय तहको चुनावमा पार्टीलाई अन्तरघात गरेको भन्दै नेपाली काँग्रेस सल्यानले १६ जना आफ्ना नेता तथा कार्यकर्तालाई कारबाही गरेको हो ।
कारबाहीमा पर्नेमा महाधिवेशन प्रतिनिधिदेखि नगर सभापतिसम्म रहेका छन् । नेपाली काँग्रेसले छत्रेश्वरी गाउपालिकाबाट केशबहादुर विष्ट, डम्बर खत्री र दीपेन्द्र कुँवरलाई नेपाली काँग्रेसको साधारण सदस्य नरहने गरी कारबाही गरिएको नेपाली काँग्रेस सल्यानले जनाएको छ ।
यस्तै, कपुरकोट गाउँपालिकाबाट विष्णु शर्मा, खड्क केसी, शारदा नगरपालिकाबाट तुल्सीराम बस्नेत, टोपबहादुर मल्ल र सावित्रा राईलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको हो ।
काँग्रेसले पार्टीलाई असहयोग गरेको भन्दै पाँचजना नेतालाई १५ दिने स्पष्टीकरण सोध्ने भएको छ । स्पष्टीकरण सोधिनेमा पूर्व जिल्ला कार्यसमिति सदस्य, ध्रुव श्रेष्ठ र शारदा नगरपालिकाका नगर सभापति सचेत शाह रहेका छन् ।
यस्तै, काँग्रेसले महाधिवेशन प्रतिनिधि श्यामनारायण रेग्मी, टीकाराम केसी र धु्रव श्रेष्ठलाई पनि १५ दिने स्पष्टीकरण सोध्ने तथा चित्त बुझ्दो जवाफ नआए कारबाही गरिने जनाइएको छ ।
यसअघि नेकपा (एमाले)ले पनि पार्टीभित्र अन्तरघात गरेको भन्दै २० जना नेता तथा कार्यकर्तालाई कारबाही गरेको थियो । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
-
विश्वका उत्कृष्ट ५ 'अन-टाइम पर्फर्मेन्स' विमान कम्पनीको सूचीमा एअर इन्डिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण