पुँजी बजार उक्लियो, ६२ करोडको कारोवार
सोमबार, २२ जेठ २०७४, १६ : १२
काठमाडौं, जेठ २२–नेपालको पुँजी बजार सोमबार ८ दशमलव ८४ अंकले उक्लिएको छ । साताको पहिलो दिन आईतबार १० दशमलव ५० अंकले घटेर एक हजार ५ सय ९३ दशमलव ८१ अंकमा ओर्लिएको बजार आज भने एक हजार ६ सय २ दशमलव ६५ अंकमा चढेको छ ।
एक सय ४९ कम्पनीको १३ लाख ९१ हजार ८ सय ९० कित्ता सेयर किनवेच भएको बजारमा ६२ करोड २ लाख ७ हजार ८ सय ९० रुपैयाँको कारोवार भएको छ । अघिल्लो दिन दोहोरो अंकले घटेको वजारमा एक सय ४१ कम्पनीको ९ लाख ५० हजार ४ सय ७३ कित्ता सेयर खरिद विक्रिवाट ५५ करोड ६७ लाख ३६ हजार एक सय ६५ रुपैयाँको कारोवार भएको थियो ।
आज वित्त समूह वाहेक अन्य सवै समूहको सूचक उकालो लागेका छन् । वजारलाई धेरै प्रभाव पार्ने बैंकिङ समूहको सूचक १० अंकले वढेको छ भने होटल समूहको सूचक ६ दशालव ०७ अंकले वढेको छ । यस्तै, बिकास बैंक समूहको सूचक १० दशमलव ९, जलविद्युत समूहको सूचक ७ दशमलव २७ अंकले उकालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।
बीमा समूहको सूचक १५ दशमलव १ अंकले वढेको आज उत्पादनमुलक समूहको सूचक २१ दशमलव ६९ अंकले बढेको छ । अन्य समूहको सूचक ४ दशमलव ६३ अंकले बढेको आज वित्त समूहको सूचक भने ० दशमलव ९५ अंकले घटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
-
विश्वका उत्कृष्ट ५ 'अन-टाइम पर्फर्मेन्स' विमान कम्पनीको सूचीमा एअर इन्डिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण