लण्डन हमलापश्चात् फेसबुकले लियो यो ठूलो निर्णय
एजेन्सी
जेठ २२ – लण्डन हमलापछि फेसबुकले आतंककारीहरु विरुद्ध ठूलो कदम उठाउने भएको छ । शनिबार राती लण्डनमा भएको आतंककारी हमलापछि फेसबुकले एक बयान जारी गर्दै यसबारे जानकारी दिएको हो । यस्तै, उक्त हमलापछि बेलायतकी प्रधानमन्त्री टेरेसाले फेसबुक, गूगल र ट्वीटरजस्ता इन्टरनेट फर्ममार्फत कारवाहीको माग गरेकी छिन् । लण्डनमा पछिल्लो पटक भएको आतंककारी हमलामा ७ जनाको मृत्यु भएको छ । हमलाको जिम्मेवारी इस्लामिक स्टेटले लिएको छ ।
फेसबुकले आतंककारी हमलामा के भने ?
फेसबुकले आफ्नो एक बयानमा लण्डन हमलाको कडा निन्दा गर्दै आतंककारीविरुद्ध चाँडै नै एक ठूलो कदम उठाउने जानकारी दिएको छ । साथै आतंकवादसँग सम्बन्धित सामग्रीमाथि पनि फेसबुकले हरसम्भव हटाउन प्रयास गरिने बताएको छ । फेसबुकका अनुसार आतंककारी गतिविधिको शंका लाग्ने वित्तिकै यसबारे सुरक्षा एजेन्सीलाई जानकारी दिइनेछ ।
यस्तै, ट्वीटरले पनि आफ्नो प्लेटफर्ममा आतंककारी सामग्री र गतिविधिको प्रचार प्रसारमाथि रोक लगाउने काम गरिरहेको बताएको छ । ट्वीटर पब्लिक पोलिसीका प्रमुख हेड निक पिकल्सले ट्वीटरमा आतंकवादी र आतंकसँग सम्बन्धित कुनै पनि सामग्रीको लागि स्थान नभएको बताएका छन् । स्मरण रहोस् सन् २०१६ मा ट्वीटरले ४ लाख अकाउन्टलाई बन्द गराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
-
विश्वका उत्कृष्ट ५ 'अन-टाइम पर्फर्मेन्स' विमान कम्पनीको सूचीमा एअर इन्डिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण