शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

ताइवानी प्रतिनिधि मण्डलले काठमाडौंमा व्यापारिक अन्तरक्रिया गर्ने

सोमबार, २२ जेठ २०७४, १८ : १९
सोमबार, २२ जेठ २०७४
काठमाडौ, जेष्ठ २२ – ताइवानिज एक्स्टर्नल ट्रेड डेभलपमेन्ट काउन्सिलको नेतृत्वमा११ सदस्यीय व्यापारिक प्रतिनिधि मण्डल नेपाल आउने भएको छ । सो प्रतिनिधि मण्डलले यही जेष्ठ २८ गते आइतबारका दिन काठमाडौंको दरबारमार्गस्थित अन्नपूर्ण होटेलमा नेपालीव्यवसायीहरुसँग प्रत्यक्ष भेटघाट गरी व्यापारिक सम्भावनाबारे अन्तरक्रिया गर्ने बताइएको छ । उक्तकार्यक्रममा सहभागी हुन इच्छुक सबैलाई हार्दिक स्वागत गरिने आयोजकद्वारा जानकारी गराइएको छ । उक्त प्रतिनिधिमण्डलमा विद्युतीय तथा सञ्चार प्रविधिका सामान, सौर्य उर्जा सामग्री, गाडीका पार्टपुर्जा, मेशीनरी, कृषि सामग्री, गार्मेन्ट, टेक्स्टाइल, ब्यागेज, वाटरफिल्टर आदि सामानका उत्पादक तथा वितरकहरु रहने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप