मानसिक स्वाथ्य सम्बन्धी समस्या जटिल बन्दै
रुपन्देही २२ जेठ । पछिल्लो समयमा अन्य रोगको तुलनामा मानसिक समस्या बढदै गएको छ । नेपालमा अहिले बिभिन्न समस्या ताना तथा बैदेसीक रोगजार र बेरोजगार जस्ता समस्याको कारण यो समस्या दिनहु बढदै गएको एक कार्यक्रममा बताईएको छ । लुम्बिनी ग्रामिण विकास परिषद्को आयोजनामा सुद्धोधन गाउपालिका–५(साविक मानपकडी गाविस)मा एक दिने मानसिक स्वाथ्य सम्बन्धी सचेतानमुलक कार्यक्रम सहगाभि हरुले उक्त कुरा बताएका छन । उनीहरुले सरकारले ग्रामिणस्तरबाटै यो समस्या समाधान गर्न तर्फ लाग्नु पर्नै बताए ।
गाउपालिकाका करिव ५० जना महिला तथा पुरुषहरुकोसहभागीता रहेको कार्यक्रमको मंगलबार सुद्धोधन गाउपालिकाका प्रमुख कार्यकारी अधिकृत झविलाल भट्राईले पछिल्लो समयमा मानसिक स्वाथ्य सम्बन्धी समस्याहर जटिल बन्दै गएको भन्दै यसको सुरुवातति लक्षण देखि नै सावधान हुनुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा मानपकडी स्वात्थ्य चौकीका सह ईन्चार्ज नरेश थान्चुले मानसिक समस्या आउदा वित्तीकै स्वाथ्य संस्था जानुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा बरिष्ठ मानसिक रोग प्रशिक्षक प्रेम सुवेदी, रमेश रिजाल, मानपकडी स्वासथ्य चौकीकी अनमी बसुन्धरा भुषाल लगायतले सहजीकरण गरेका थिए ।
कार्यक्रममा सहभागी सिता अधिकारी, संगम प्रसाद खनाल, लक्ष्मण थापा, मायादेवी चौधरी, जसवाला चौधरी, रमेश थारु, गुञ्जन थारु लगायतले मानसिक स्वाथ्य सम्बन्धी विविध धारणा राखेका थिए । लुम्बिनी ग्रामिण विकास परिषदका अध्यक्ष चन्द्रकान्त खनालको अध्यक्षतामा संस्थाका सदस्य धुब्रराज खनालको सञ्चालनमा भएको कार्यक्रममा प्रशिक्षक रमेश रिजालले स्वागत मन्तव्य राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
-
३०–४० को उमेरमा किन बढ्छ स्ट्रोकको खतरा
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवादमा प्रकाश सायमी, ‘यो कला होइन, रद्दी व्यवसायको भद्दा रूप हो’
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण