शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

पक्की पुल निर्माण भएपछि हजारौँ यात्रुलाई सुविधा

बुधबार, २४ जेठ २०७४, ०८ : ०२
बुधबार, २४ जेठ २०७४

चौतारा, २४ जेठ । सिन्धुपाल्चोकको मध्य क्षेत्रस्थित झ्याडी खोलामा पक्की पुल निर्माण भएपछि मध्य र पश्चिम क्षेत्रका बासिन्दाले यातायात सुविधा उपभोग गर्न पाएका छन् ।

चौतारा साागाचोकगढी नगरपालिका– ७ र इन्द्रावती गाउँपालिका– ९ को बीचमा पर्ने झ्याडी खोलामा सबारीसाधन चल्ने पुल निर्माण भएपछि सदरमुकामबाट सिपाघाट हुँदै छोटोदुरीमा राजधानीसम्मको यातायात सुगम भएको हो ।

जिल्ला विकास समितिको रु दुई करोड ६० लाखको लगानीमा ५ दशमलव ४५ मिटर चौडाइ र २५ मिटर लामो सो पुल आव ०७०/७१ मा १४ महिनामा सम्पन्न गर्ने गरी ठेकेदारसँग सम्झौता भएकामा विसं २०७२को भूकम्प र भारतीय नाकाबन्दीका कारण अढाइ वर्ष ढिलाइ भएको ठेकेदार कम्पनी कान्छाराम शान्तिदेवी जेभीका सञ्चालक राजेन्द्र श्रेष्ठले बताए ।

करिब डेढदशक अघिबाट अरनीको यातायातले काठमाडौंबाट चौतारा हुँदै भीमटारसम्म केही समय यात्रु बस सञ्चालन गरेको थियो ।

चौताराबाट सिपाघाटसम्म ३६ किमि सडकमध्ये खोलाको बहानामा यातायात सञ्चालन नभएपछि लामो समयदेखि पश्चिम क्षेत्रका यात्रुले १७ किमि बाटो पैदल हिँड्न बाध्य भएका थिए । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप