शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

बसको ठक्करबाट मोटरसाइकल चालक घाइते

बुधबार, २४ जेठ २०७४, १७ : २०
बुधबार, २४ जेठ २०७४
किरण श्रेष्ठ तनहुँ जेठ २४– तनहुँको जामुनेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख ४४४० नम्वरको यात्रुबाहक बसले ग ५ प १८३८ नम्वरको मोटरसाइकललाई पृथ्वीराजमार्ग अन्तर्गत म्याग्दे गाउँपालिका– ४ मा बुधवार ठक्कर दिँदा मोटरसाइकल चालक स्थानीय ३४वर्षीय नारायण थापा घाइते भएका हुन् । थापाको दमौली अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि पोखरास्थित गण्डकी अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप