बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

परराष्ट्र मन्त्रालय छिर्दै गर्दा महराले गरे उच्चस्तरीय कार्यदल गठन

बुधबार, २४ जेठ २०७४, १९ : २३
बुधबार, २४ जेठ २०७४
काठमाडौं, जेठ २४– परराष्ट्र मन्त्रालयले बैदेशिक रोजगारीमा जाने नेपालीहरुको समस्या समाधानका लागि उच्चस्तरीय कार्यदल गठन गर्ने निर्णय गरेको छ । उपप्रधानमन्त्री कृष्णबहादुर महराले परराष्ट्र मन्त्रालयको पदभार ग्रहण गरे लगत्तै उच्चस्तरीय कार्यदल गठन गर्ने पहिलो निर्णय गरेका हुन् । बैदेशिक रोजगारीका चुनौती र सम्भावना केलाउँदै मन्त्रालयबाट गर्नुपर्ने तत्कालिन, मध्यकालिन र दीर्घकालिन प्राथमिकता निर्धारण गर्न महराले परराष्ट्र मन्त्रालयको संयोजनमा गृह, अर्थ र श्रम तथा रोजगार मन्त्रालयका प्रतिनिधिहरु रहेको कार्यदल गठन गरेका हुन् । कार्यदलले वैदेशिक रोजगारीमा गएका नेपालीहरुले तोकिए बमोजिमको रोजगारी र सुविधा नपाउने, अलपत्र पर्ने, कानुनी हैसियत गुमाउने, जेलमा पर्नुपर्ने, निधन हुने तथा उद्धारको प्रतिक्षामा बस्नुपर्ने जस्ता समस्या समाधान गर्नका लागि योजना बनाउने जनाइएको छ । खाडी मुलुकमा मात्रै १५ लाख नेपालीहरु कामदारका रुपमा रहेको अनुमान छ । आज नै उपप्रधान तथा परराष्ट्र मन्त्री महराले मन्त्रालयका कर्मचारीहरुलाइ निर्देशन दिँदै–“राष्ट्रिय स्वाधिनतालाइ प्राथमिकता राख्दै छिमेकी र अन्य विदेशी राष्ट्रहरुसँग मित्रवत ब्यबहार गर्ने” आफ्नो प्राथमिकता हुने वताए । “हामीले हाम्रो मन्त्रालयबाट मात्र हैन, अरु मन्त्रालयबाट भएका कामहरुले हाम्रो राष्ट्रियतामा आँच पुगेको छ की छैन ? भनेर पनि चनाखो भएर हेर्नुपर्छ ।” उप–प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री महराले मन्त्रालयका कर्मचारीहरुलाइ राखेर भने, “तपाईहरुले आफुलाइ हैन, देशलाइ केन्द्रमा राखेर काम गर्नुहोस । त्यही कामले तपाइहरुको मूल्याङ्न हुनेछ ।” मन्त्रालयका सचिब शंकरदास बैरागीसहित मन्त्रालयका अधिकारीहरुले उपप्रधानमन्त्री महरालाइ मन्त्रालयमा स्वागत गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप