यसरी पक्रियो प्रेमिकाको हत्यामा संलग्न अभियुक्त
बुधबार, २४ जेठ २०७४, १९ : ३७
काठमाडौँ, जेठ २४ – प्रेमिकाको हत्यामा संलग्न अभियुक्त दोलखा, वैतेश्वर गाउँपालिका–२ का २४ वर्षीय प्रशान्त तामाङलाई महानगरीय अपराध महाशाखाको प्रहरीले मङ्गलबार पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
काठमाडौँ महानगरपालिका–७ गङ्गाहिटीमा कोठा भाडामा लिएर बस्दै आएकी रामेछाप, रस्नालु–८ की २३ वर्षीया सञ्चिता पाख्रिन (तामाङ)को कोठामा बाहिरबाट चाबी लगाएको अवस्थामा शव गत वैशाख ८ गते फेला परेको थियो ।
अभियुक्त प्रशान्त र मृतक सञ्चिताबीच करिब दुई वर्षदेखि प्रेम सम्बन्ध रहेको र २०७४ असारमा विवाह गर्ने सल्लाह भएको भए पनि सञ्चिताको पेटमा रहेको बच्चा प्रशान्तले राख्न चाहेको तर सञ्चिताले फालिदिएपछि आपसी विवाद हुँदा प्रशान्तले गत वैशाख ४ गते सलले घाँटी कसेर सञ्चिताको हत्या गरी कोठामा बाहिरबाट ताला लगाई फरार भएको अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ ।
अनुसन्धान पश्चात अभियुक्त प्रशान्तलाई दोलखा प्रहरीको सहयोगमा उक्त महाशाखाको प्रहरीले पक्राउ गरी थप कानुनी कारबाहीको लागि महानगरीय प्रहरी वृत्त गौशाला पठाएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यो जित माराडोनाका लागि उपहार हो: लियोनल मेस्सी
-
विश्वकप मैदानमा राजनीति: अर्जेन्टिना विरुद्ध बेलायती मन्त्रीले गरे फिफामा उजुरी
-
पूर्वराष्ट्रपति रहमानको हत्या अभियोगमा ४ दशकदेखि फरार अभियुक्त पक्राउ
-
१० बजे १० समाचार : सम्पत्ति विवरण बुझाउनुपर्नेलाई राहत, एक्लियो एमाले
-
आगामी आर्थिक वर्षभित्र १२ वटा रणनीतिक प्रसारण लाइन सञ्चालनमा ल्याइने
-
पोखरा बसपार्क क्षेत्रका व्यापारिक संरचना हटे, सुकुमबासी व्यवस्थापन प्रक्रिया सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण