एउटै मन्त्रालयमा एक महिनामा दुईपटक उपप्रधानमन्त्री गच्छदारको पदभार ग्रहण
बुधबार, २४ जेठ २०७४, २० : ०८
काठमाडौँ, जेठ २४ – उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले एक महिनाका बीचमा एउटै मन्त्रालयमा दुईपटक पदभार ग्रहण गरेका छन् ।
पुष्पकमल दाहालको नेतृत्वमा वैशाख २६ गते उपप्रधानमन्त्री सहित सोही मन्त्रालयमा पदभार ग्रहण गरेका गच्छदारले आज शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको सरकारमा पनि त्यही मन्त्रालयमा कार्यभार सम्हाल्एको हो ।
पाँचौँ पटक उपप्रधानमन्त्री र १४ औँ पटक मन्त्री बन्नुभएका गच्छदारले आज पदभार ग्रहण गर्दै संविधान कार्यान्वयनको पहिलो खुड्किलोमा स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भएको बताउँदै दोस्रो चरणको स्थानीय तह, प्रादेशिक र सङ्घीय संसद्को निर्वाचनपछि पूर्णरुपमा संविधान कार्यान्वयन हुने बताए ।
‘प्रादेशिक र सङ्घीय संसद्को निर्वाचन कात्तिक १५ देखि मङ्सिर १० सम्म गरिसक्नुपर्छ, कात्तिक १५ अघि वर्षा र चाडवाडका कारण निर्वाचन सम्भव छैन भने मङ्सिर १० पछि हिमाली जिल्लामा हिउँ पर्ने भएकाले चुनाव हुन सक्दैन, माघ ७ गतेभित्र तीनवटै तहको निर्वाचन सक्नुपर्ने संवैधानिक व्यवस्था छ’–उनले भने ।
उपप्रधानमन्त्री गच्छदारले पदभार ग्रहणपछि स्थानीय तहको निर्णय प्रमाणीकरणसम्बन्धी व्यवस्थाको फाइलमा हस्ताक्षर गरे । मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिका लागि आचारसंहिता ल्याउने तयारी भइरहेको जानकारी दिए । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यो जित माराडोनाका लागि उपहार हो: लियोनल मेस्सी
-
विश्वकप मैदानमा राजनीति: अर्जेन्टिना विरुद्ध बेलायती मन्त्रीले गरे फिफामा उजुरी
-
पूर्वराष्ट्रपति रहमानको हत्या अभियोगमा ४ दशकदेखि फरार अभियुक्त पक्राउ
-
१० बजे १० समाचार : सम्पत्ति विवरण बुझाउनुपर्नेलाई राहत, एक्लियो एमाले
-
आगामी आर्थिक वर्षभित्र १२ वटा रणनीतिक प्रसारण लाइन सञ्चालनमा ल्याइने
-
पोखरा बसपार्क क्षेत्रका व्यापारिक संरचना हटे, सुकुमबासी व्यवस्थापन प्रक्रिया सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण