बैठक चलिरहेकाबेला समातिए विप्लवका नेताहरु
बुधबार, २४ जेठ २०७४, २० : ००
काठमाडौं, जेठ २४– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेताहरु पार्टी कमिटीको बैठक चलिरहेकाबेला पक्राउ परेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी, प्युठानको जिल्ला समितिको बैठक चलिरहँदा बुधबार बैठक स्थलबाटै नेकपाका केन्द्रीय सदस्य तथा राप्ती ब्यूरो इन्चार्ज सुबास, केन्द्रीय सदस्य तथा महिला संगठन प्रमुख बन्धु चन्द, अशल खड्कासहित एक दर्जन बढी जिल्ला सदस्यहरूलाई प्रहरीले पक्राउ गरेको छ ।
चन्दले आफूलाई प्रहरीले गिरफ्तार गरेको सामााजिक सञ्जाल फेसबुकबाट सार्वजनिक गरेकी छन् । निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको भन्दै प्रहरीले विप्लवका नेता कार्यकर्तालाई पक्राउ गरेको जनाएको छ ।
तत्कालिन दश वर्षे जनयुद्धका लडाकु कमाण्डरसमेत रहेका जनार्दन शर्मा प्रभाकरले बुधबार मात्रै गृहमन्त्रीको सपथ लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यो जित माराडोनाका लागि उपहार हो: लियोनल मेस्सी
-
विश्वकप मैदानमा राजनीति: अर्जेन्टिना विरुद्ध बेलायती मन्त्रीले गरे फिफामा उजुरी
-
पूर्वराष्ट्रपति रहमानको हत्या अभियोगमा ४ दशकदेखि फरार अभियुक्त पक्राउ
-
१० बजे १० समाचार : सम्पत्ति विवरण बुझाउनुपर्नेलाई राहत, एक्लियो एमाले
-
आगामी आर्थिक वर्षभित्र १२ वटा रणनीतिक प्रसारण लाइन सञ्चालनमा ल्याइने
-
पोखरा बसपार्क क्षेत्रका व्यापारिक संरचना हटे, सुकुमबासी व्यवस्थापन प्रक्रिया सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण