विषाक्त खानाका कारण २७ जना बिरामी
बुधबार, २४ जेठ २०७४, २० : १६
दमक, जेठ २४ – पूजाको भतेर खाँदा आज झापा शिवसताक्षी नगरपालिका–१० स्थित माइधारका २७ जना बिरामी परेका छन् ।
स्थानीय नेत्र दाहालको घरमा भतेर खाएका एकैसाथ बिरामी परेका हुन् । माइधारका स्वास्थ्यकर्मी दीपक पौडेलले भतेर खाएकालाई लगातार बान्ता हुने, पखाला चल्ने र पेट दुख्ने समस्या देखिएको बताए ।
बिरामी हुनेहरुमा चार वर्षीय बालकदेखि ६० वर्षीय वृद्धसम्म छन् । हाल उनीहरुको दमकस्थित आम्दा अस्पतालमा उपचार भइरहेको छ । केहीको माइधारका विभिन्न निजी क्लिनिकमा उपचार भइरहेको छ ।
बिरामी पर्नेहरुमा आसिष लिम्बू, सोमप्रसाद राई, विजय राई, सोनु राई, एस्तर राई, अनिता श्रेष्ठ, धनबहादुर राई, सोममाया राई, विद्या भण्डारी, बन्दना लिम्बू, इशा कार्की, निशा कार्कीलगायत रहेका छन् ।
भतेरमा गएकाहरुले पुलाउ, मासु र चिसो पेय पदार्थ खाएका थिए । आम्दा अस्पतालका डा आलोक कुमारका अनुसार बिरामीहरुको प्रारम्भिक परीक्षणबाट ‘फुट पोइजन’कै कारण स्वास्थ्यमा समस्या आएको देखिएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यो जित माराडोनाका लागि उपहार हो: लियोनल मेस्सी
-
विश्वकप मैदानमा राजनीति: अर्जेन्टिना विरुद्ध बेलायती मन्त्रीले गरे फिफामा उजुरी
-
पूर्वराष्ट्रपति रहमानको हत्या अभियोगमा ४ दशकदेखि फरार अभियुक्त पक्राउ
-
१० बजे १० समाचार : सम्पत्ति विवरण बुझाउनुपर्नेलाई राहत, एक्लियो एमाले
-
आगामी आर्थिक वर्षभित्र १२ वटा रणनीतिक प्रसारण लाइन सञ्चालनमा ल्याइने
-
पोखरा बसपार्क क्षेत्रका व्यापारिक संरचना हटे, सुकुमबासी व्यवस्थापन प्रक्रिया सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण