बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

यस्तो छ, श्रममन्त्री मन्सुरको बायोग्राफी

बुधबार, २४ जेठ २०७४, २० : ३२
बुधबार, २४ जेठ २०७४
काठमाडौं, जेठ २४– नेपाली काँग्रेसका नेता फरमुल्लाह मन्सुरले बुधबार श्रम तथा रोजगार मन्त्रीको सपथ लिए । यसअघि पनि मन्त्री पदको लाभ लिएका मन्सुर मुश्लिम समुदायका हुन् । २०६४ सालमा विज्ञान प्रविधि तथा वातावरण मन्त्री भएका मन्सुरले दोस्रो पटक मन्त्री बन्न सफल भए । वि.सं. २०११ साल मंसिर ८ गते बाराको हाल कलैया उपमहानगरपालिका–३ मा जन्मिएका हुन् । २०२८ सालमा नेपाली कांग्रेसका नेता बीपी कोइरालाबाट उनले भारतको पटनामा सदस्यता लिएका थिए । काँग्रेसको लामो राजनीति गरेका मन्सुर पार्टीको चार कार्यकाल केन्द्रीय सदस्य भए । २०२६ सालदेखि नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका उनी २०३४ सालमा नेपाली कांग्रेस बाराको उपसचिव भएका थिए । जिल्ला कार्यसमितिमा २०३६ साल देखि २०४७ सालसम्म पार्टीको सचिव भएका थिए । २०४८ साल देखि २०५७ सालसम्म उनी दुई कार्यकाल बारा जिल्लाको पार्टी सभापति पनि भए । २०५७ देखि हालसम्म चार कार्यकाल नेपाली कांग्रेसको केन्द्रीय सदस्यसमेत भइसकेका उनी पटक पटक जेलजीवन पनि विताए । २०३४ सालदेखि २०६२ सालसम्म पटक पटक गरी उनले पाँच पटक जेल जीवन ब्यतित गरे भने दुई वर्ष भारतमा निर्वासित जीवन बिताएका थिए । २०५६ सालमा बारा निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित भई प्रतिनिधिसभा सदस्य बनेका उनी २०७० सालमा भएको दोस्रो संविधानसभाको निर्वाचनमा बारा निर्वाचन क्षेत्र नं. ३ बाट निर्वाचित भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप