बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जनप्रतिनिधि सञ्जेलले पदभार सम्हालेसँगै गाउँको मुहार फेर्न ल्याए यस्ता कार्यक्रम

बुधबार, २४ जेठ २०७४, २० : ५९
बुधबार, २४ जेठ २०७४
काठमाडौं, जेठ २३ – नव निर्वाचित जन प्रतिनिधिहरु आफ्नो कार्य क्षेत्रमा लाग्न थालेका देखिन्छन् । हरेक राजनीतिक दलले यसपटक आर्थिक विकासलाई प्रमुख चुनावी नारा बनाएका थिए । विजयी जन प्रतिनिधिहरुले  जनतासँग लिएका आ– आफ्नो बाचा पुरा गर्न तल्लिन रहेको देखिन्छ। यस्तै एक प्रतिनिधि हुन् बाग्मती गाउँपालिका वडा नम्बर ७ का नवराज सञ्जेल । उनी बागमति गाउँपालिका वडा नम्बर ७ मा भारी मत ल्याई नेकपा एमालेका तर्फबाट विजयी भएका थिए । उनले नेपाली कांग्रेसका निकटतम प्रतिद्धन्दी उम्मेदवार भन्दा निकै धेरै मतले विजयी भएका थिए । कुल १२ सय ८० मत मध्ये ५२६ मत ल्याएका थिए । निर्वाचित भएर कार्यभार सम्हाले लगतै उनले आफनो विकासका ऐजेण्डालाई मुर्त रुप दिन अघि सरको देखिन्छ । गिम्दीका हरेक बिधालयहरुमा बालमैत्री बिधालय अवधारणा अनिवार्य लागू गर्ने , दुई माविमा ईन्टरनेट सुबिधा उपलब्ध गराइ शिक्षण पध्दतीमा परिस्कृत गर्ने, त्यस्तै, एक घर एक शौचालयलाई अनिवार्य गरि विभिन्न दाताको समन्वयमा एम्बुलेन्स सेवा उपलब्ध गराउने लगायत मुख्य तीन कार्यहरु अघि सारेका छन् । उक्त कार्यले उक्त क्षेत्रका मतदाताहरु खुशी देखिन्छन् । समाज परिवर्तनको लागि लागिपर्ने युवा सञ्जेल हरेक टोलबस्तीमा सडक पुर्याउने योजनामा छन् । उनले भने, ‘म मतदाताको मत खेर जान दिने छैन’ ‘यहाँको सम्पुर्ण समस्याहरु समाधान गर्न सधै तल्लिन रहनेछु त्यसको सुरुवात मैले पदबहालसँगै अघि बढाइसकेँ ।’ गिम्ती दक्षिण ललितपुरको एक परिचित क्षेत्र हो । यहाँ पशुपालन कृषि लगायत क्षेत्रमा सम्भावना देखिन्छ । कृषि र पशुपालनमा उच्च प्राथमिकता दिई व्यवसायिक गुरुयोजना बनाउने रहेको वडा अध्यक्ष सञ्जेलले बताए । दुर्गम र कठिन क्षेत्र भनेर राजधानी देखि हेपिएको पर पारीको क्षेत्र गिम्दी लार्य अव सुगम र विकसित बनाउन ढुक्कले अघि बढेको उनको तर्क थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप