१९ जना बिप्लव माओवादीका कार्यकर्ता रिहा लगत्तै किन पक्राउ परे ?
बुधबार, २४ जेठ २०७४, २१ : ०७
रुकुम, जेठ २४ – नीय तहको चुनाव बिथोल्न खोजेको आरोपमा पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टी रुकुमका १९ जनालाई रिहा गरेलगत्तै आज फेरि पक्राउ गरिएको छ ।
वैशाख १९ गते पक्राउ परेका नेकपाका जिल्ला सेक्रेटरी चन्द्रबहादुर बुढासहित १९ जनालाई जिल्ला प्रशासन कार्यालयले धरौटीमा रिहा गरे पनि उनीहरुलाई फेरि प्रहरीले पक्राउ गरेको हो ।
दोस्रो चरणको स्थानीय तहको निर्वाचन बिथोल्न सक्ने भएकाले पक्राउ गरेको प्रहरी निरीक्षक थम्मनबहादुर रजालीले जानकारी दिए । दोस्रो चरणको निर्वाचन नसकिँदै रिहा भए फेरि पक्राउ गर्ने भनिएपछि उनीहरु दोस्रो चरणको निर्वाचन सम्पन्न नहुँदासम्म हिरासतमै रहने भएका छन् । ‘उनीहरु धरौटीमा रिहा भएका थिए प्रहरी निरीक्षक रजालीले भने, ‘तर दोस्रो चरणको निर्वाचनमा पनि उनीहरुले असर पुर्याउनसक्ने अनुमान गरिएकाले फेरि पक्राउ गरिएको हो ।’
आगामी असार १४ गते हुने स्थानीय तह निर्वाचनको सुरक्षा चुनौती बिप्लव माओवादीलाई लिएको प्रहरीले उनीहरुको गतिविधिप्रति निगरानी बढाइरहेको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी आर्थिक वर्षभित्र १२ वटा रणनीतिक प्रसारण लाइन सञ्चालनमा ल्याइने
-
पोखरा बसपार्क क्षेत्रका व्यापारिक संरचना हटे, सुकुमबासी व्यवस्थापन प्रक्रिया सुरु
-
प्रादेशिक व्यापार व्यवसाय ऐन संशोधन गर्ने विधेयक दर्ता गर्न स्वीकृत प्रदान
-
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाद्वारा वन्यजन्तु प्रभावित परिवारलाई १ करोड १० लाख रुपैयाँभन्दा बढी राहत वितरण
-
अनशनरत अभियन्ता सोनम वाङचुकको स्वास्थ्य दैनिक निगरानी गर्न दिल्ली उच्च अदालतको आदेश
-
गण्डकीमा सत्ता समीकरणः तीन विकल्पमा छलफल गर्दै एमाले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण