जब विग्रिएको स्कुटर लिएर युवती वर्कशप पुग्छे... (भिडियो)
बुधबार, २४ जेठ २०७४, २१ : १४
काठमाडौं, जेठ २४– शहरकी एक सम्पन्न युवती बिग्रिएको स्कुटर लिएर वर्कशपमा पुग्छे । वर्कशपमा काम गर्ने गरीब युवक युवती देख्ने वित्तिकै कल्पनामा हराउँछ । सपनाको रंगीन दुनियाँमा युवक हराउँन थाल्छ । युवकले मन पराउँछ । तर उसले भन्न सक्दैन । त्यो आँट युवकसँग छैन । युवकको मनको कुरा मनमै रहन्छ । युवती मर्मत भइसकेको स्कुटर लिएर वर्कशपबाट बाहिरिन्छे । गीतकार लक्ष्मी राईको म्यूजिक भिडियो ‘तिमीलाई मैले’ को दृश्य हो यो ।
इमेज च्यानलमार्फत सार्वजनिक भएको म्यूजिक भिडियो युवा वर्गले मन पराउने अपेक्षा निर्माण पक्षको छ । दुई वटा वर्गवीचको अव्यक्त माया म्यूजिक भिडियोमार्फत देखाउन खोजिएको छ ।
लामो समयदेखि यूके बस्दै आएकी लक्ष्मीको यसअघि नै केही गीतहरु रेकर्ड भइसकेका छन् । उनले संगीत क्षेत्रमा लाग्नु रहर मात्रै नभएको बताइन् । ‘परदेशमा छु । तर यही देशको नागरिक भएको नाताले नेपाली संगीत क्षेत्रमा केही योगदान गर्न सकिन्छ कि भनेर संगीत क्षेत्रमा लागेकी हुँ ।’– उनले भनिन् ।
काठमाडौं आसपासका क्षेत्रमा सुटिङ सम्पन्न गरिएको म्यूजिक भिडियोमा स्वर र संगीत राकेश राईको रहेको छ । भिडियोमा मोडल रोशन लामा र अनुशा लामाको अभिनय रहेको छ । सोनाम पाख्रिनको निर्देशन रहेको म्यूजिक भिडियोमा छायांकन अमृत सुनुवारले गरेका थिए भने मेकअपमा सुधा गुरुङले साथ दिएकी थिइन् ।
म्यूजिक भिडियोका निर्माता गौतमराज राईले शब्द रचनाका माध्यमबाट नेपाली संगीत क्षेत्रमा योगदान दिन सक्ने क्षमता गीतकार लक्ष्मी राईसँग देखेकाले निर्माण पक्षमा आफूले सहयोग गरेको बताए ।
भिडियो हेर्नुहोस्ः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यो जित माराडोनाका लागि उपहार हो: लियोनल मेस्सी
-
विश्वकप मैदानमा राजनीति: अर्जेन्टिना विरुद्ध बेलायती मन्त्रीले गरे फिफामा उजुरी
-
पूर्वराष्ट्रपति रहमानको हत्या अभियोगमा ४ दशकदेखि फरार अभियुक्त पक्राउ
-
१० बजे १० समाचार : सम्पत्ति विवरण बुझाउनुपर्नेलाई राहत, एक्लियो एमाले
-
आगामी आर्थिक वर्षभित्र १२ वटा रणनीतिक प्रसारण लाइन सञ्चालनमा ल्याइने
-
पोखरा बसपार्क क्षेत्रका व्यापारिक संरचना हटे, सुकुमबासी व्यवस्थापन प्रक्रिया सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण