बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सिद्धार्थनगरमा माओवादीको चुनावी भेला

बुधबार, २४ जेठ २०७४, २१ : २७
बुधबार, २४ जेठ २०७४
रामेश्वर गुप्ता भैरहवा, जेठ २४– स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै ने.क.पा. (माओवादी केन्द्र) सिद्धार्थनगर, रुपन्देहीले नगरस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय कार्यालय सदस्य डिलाराम आचार्यले सिद्धार्थनगर नगरपालिकामा माओवादी केन्द्रका सम्पूर्ण उम्मेदवारहरुलाई जिताउन सम्पूर्ण नेता कार्यकर्ताहरुलाई सक्रियताका साथ लाग्न आग्रह गरे । उनले स्थानीय तहको निर्वाचन माओवादीको एजेण्डा भए पनि त्यसलाई अन्य दलले आफ्नो एजेण्डा भन्दै गलत भ्रम फैलाएको आरोप लगाए । माओवादी केन्द्रले जनताको अधिकार सुनिश्चित गर्न र विकासको लागि धेरै काम गरिसकेको तर आफूहरुले जनतामाझ आफ्ना एजेण्डाहरु बुझाउन नसकेको उनले बताए । माओवादी केन्द्रको नेतृत्वकै सरकारले नै देशलाई लोडसेडिङ मुक्त बनाएको, मंहगीलाई नियन्त्रित गरेको र आर्थिक वृद्धिदर ७.५ प्रतिशत पु¥याएको कुरा जनतामा गएर बुझाउनुपर्ने उनको भनाइ थियो । त्यसै गरी पार्टीका पोलिटव्युरो सदस्य एवं रुपन्देही जिल्ला इन्चार्ज हकिकुल्लाह खाँले अहिले सम्म जनतालाई पुराना पार्टीहरुले भोट बैंकको रुपमा प्रयोग गर्दै रैति बनाउने काम गरेको बताए । जनतालाई मालिक बनाउन माओवादी केन्द्रलाई नै जिताउनुपर्नेमा उनले जोड दिए । माओवादी केन्द्रका रुपन्देही जिल्ला सह–संयोजक एवं सिद्धार्थनगर इन्चार्ज अनुप बराल, जिल्ला सह–संयोजक मक्सुद अली, सिद्धार्थनगर अध्यक्ष चोपलाल आचार्य लगायतले निर्वाचन तयारीबारे धारणा राखेका थिए । सिद्धार्थनगर नगरपालिकाको मेयरमा माओवादी केन्द्रले फैजअहमख खान र उपमेयरमा उम्मेदवार कमला थापालाई उम्मेदवार बनाएको छ । कार्यक्रममा नेपाली कांग्रेसका सिद्धार्थनगर समिति सदस्य सि.न.पा.–१ बेलहीयाका गोविन्द क्षेत्री माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप