जिउमा पन्ध्र किलो सिक्का बोकेर विश्व भ्रमणमा
बिहीबार, २५ जेठ २०७४, ०८ : २७
फलेवास पर्वत - दुईसय ६ देशका झन्डै १५ किलोग्राम सिक्का टाँसेको कपडा र टोपी लगाएर विश्व भ्रमणमा निस्किएका ‘सिक्काबाबा’ पर्वत आईपुगेका छन् ।
विगत छ वर्षदेखि विश्वशान्तिका लागि पैदलयात्रा सुरु गर्नुभएका कास्की हेम्जाका ४३ वर्षका रामबहादुर परियार ‘सिक्का बाबा’ बुधबार पर्वत आईपुगेका हनु् । २०६९ मङ्सिर २१ गतेदेखि भ्रमण थाल्नुभएका परियारले नेपालका ७५ जिल्लाको दुईपटक भ्रमण पूरा गरिसकेका छन् ।
बुधबार पर्वत सदरमुकाम कुश्माबजारमा आइपुग्नुभएका परियारले १७ वर्षभित्र विश्वभ्रमण गरिसक्ने योजनासाथ आफू यात्रामा निस्किएको बताए । सिक्का बाबाले शान्ति, स्थिरता र संविधानको पूर्ण कार्यान्वयनसँगै तोकिएकै मितिमा तीनवटै तहको चुनाव सम्पन्न गर्न र यातायात सेवाको विकासका लागि दबाबको सन्देश दिन विश्व भ्रमण सुरु गरेको बताए ।
उनले जिउमा लगाएका लुगा र टोपीमा २०६ देशका सिक्का टाँसिएका छन् । सिक्का टाँसेको कपडा लगाएको सपना पटकपटक देखेपछि विश्वभ्रमण गर्ने योजना आएको उहाँले सनाए ।
परियारले अगाडि र पछाडि दुवैतिरबाट लगाउन मिल्ने १९ वटा कपडाको टुक्राबाट बनाएको कमिज तथा पेन्ट लगाएका छन्। नेपाल आएका पर्यटकसँग मागेर विदेशी सिक्का जम्मा गरेका परियारले नेपाली सिक्का भने आफैँले किनेका छन् ।
सुरुमा ट्रेकिङ तथा नेपाल प्रहरीमा तीन वर्षसम्म जुत्ता सिलाउने पेसा गरेका र सो पेसा छाडेर शान्ति भ्रमणमा निस्किएका परियारले नेपाललाई विश्वभर चिनाउने बताए ।
अविवाहित सिक्का बाबाले सरकारी तथा गैरसरकारी कार्यालय, व्यवसायी तथा व्यक्तिको आर्थिक सहयोगमा भ्रमण खर्च जटाए। उनले सरकारले नेपालबाहेक अन्य मुलुकमा जानका लागि आफूलाई रोक लगाएका कारण विश्व भ्रमणमा निस्किन नपाएको बताए । “मैले नेपालको दुईपटक भ्रमण गरिसकँे, सरकारले फुकुवा गर्ने बित्तिकै सुरुमा भारत भ्रमणमा जान्छु, उनले भने ।
परियारले आफूलाई प्रत्येक जिल्लामा जाँदा सुरक्षा र खान बस्नको व्यवस्था प्रहरी प्रशासनले मिलाउँदै आएको पनि बताए । मुलुक राजनीतिक अस्थिरताका कारण पछाडि पर्दै गएको बताउँदै दिगो शान्ति र राजनीतिक स्थायित्व दिनका लागि शीर्ष दलहरु गम्भीर हुनुपर्ने बताए । उनले पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङको यात्रा सुरु गरेको र लगत्तै डोल्पा र जुम्ला जाने तयारी रहेको समेत जानकारी दिएका छन् ।
उहाँले आफ्नो शरिरमा टाँसिएका मुद्राको रुपैयाँमा हिसाब नगरिदिन पनि आग्रह गरे । आफूलाई सुरक्षा चुनौती बढ्ने भएकाले रुपैयाँमा मुल्यांकन नगरिदिन समेत उहाँले आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यो जित माराडोनाका लागि उपहार हो: लियोनल मेस्सी
-
विश्वकप मैदानमा राजनीति: अर्जेन्टिना विरुद्ध बेलायती मन्त्रीले गरे फिफामा उजुरी
-
पूर्वराष्ट्रपति रहमानको हत्या अभियोगमा ४ दशकदेखि फरार अभियुक्त पक्राउ
-
१० बजे १० समाचार : सम्पत्ति विवरण बुझाउनुपर्नेलाई राहत, एक्लियो एमाले
-
आगामी आर्थिक वर्षभित्र १२ वटा रणनीतिक प्रसारण लाइन सञ्चालनमा ल्याइने
-
पोखरा बसपार्क क्षेत्रका व्यापारिक संरचना हटे, सुकुमबासी व्यवस्थापन प्रक्रिया सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण