विप्लवकै गाउँबाट पक्राउ परे कलाकार
बिहीबार, २५ जेठ २०७४, ०८ : ३१
रोल्पा - नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीका १० जना कलाकारलाई प्रहरीले मङगलबार रोल्पाको इरिवाङबाट पक्राउ गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी निकट जलजला सांस्कृतिक परिवारका सदस्य रहेका उनीहरुले सांस्कृतिक अभियानमार्फत जनजागरण तथा जनप्रतिरोध अभियान सञ्चालन गरिरहेको बेला पक्राउ परेको बताइएको छ ।
कलाकारलाई प्रहरीले पक्राउ गरेको पुष्टि गर्दै नेपाल कम्युनिस्ट पार्र्टीका राप्ती ब्युरो इन्चार्ज केशबहादुर बाँठा ‘सुवास’ले शान्तिपूर्वक अभियानमा संलग्न रहेका कलाकार र कार्यक्रम हेर्न पुगेका विद्यार्थी पक्राउ गर्नुले स्वतन्त्रतापूर्वक कार्यक्रम गर्न पाउने अधिकार माथि हस्तक्षेप गरेको प्रतिक्रिया दिए। आफैँले बनाएको बुर्जुवा संविधानको समेत अपमान गरिरहेको नेता सुवासको भनाइ छ ।
यता जिल्ला प्रहरी कार्यालय रोल्पाले भने चुनाव विरोधी गतिविधि गरिरहेको बेला उनीहरु पक्राउ परेको बताएको छ । पक्राउ परेकामा १६ देखि २३ वर्ष उमेर समूहका कलाकार रहेको बताइएको छ । हाल जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका उनीहरुलाई सार्वजनिक मुद्दा लगाइएको जिल्ला प्रहरी कार्यालय, रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक गजेन्द्र चौधरीले जानकारी दिए ।
यसअघि रोल्पाबाट प्रहरीले तीनजनालाई पक्राउ गरिसकेको छ । त्यसरी पक्राउ पर्नेमा नेपाल पत्रकार महासङ्घ रोल्पाका प्रदेश पार्षद पुष्टमान घर्ती र जलजला सांस्कृतिक परिवार रोल्पाका अध्यक्ष हिमाल घर्तीसमेत तीनजना छन् ।
जिल्लामा नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता यति धेरै पक्राउ परेको यो पहिलो घटना हो । नेत्रविक्रम चन्द ‘विप्लव’को गाउँ इरिवाङबाट ती कलाकार पक्राउ परेको बताइएको छ । कार्यकर्ता धमाधम पक्राउ पर्न थालेपछि सो पार्टीका जिल्लास्तरीय नेता कार्यकर्ता सदरमुकाम छोडी अर्धभूमिगत अवस्थामा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यो जित माराडोनाका लागि उपहार हो: लियोनल मेस्सी
-
विश्वकप मैदानमा राजनीति: अर्जेन्टिना विरुद्ध बेलायती मन्त्रीले गरे फिफामा उजुरी
-
पूर्वराष्ट्रपति रहमानको हत्या अभियोगमा ४ दशकदेखि फरार अभियुक्त पक्राउ
-
१० बजे १० समाचार : सम्पत्ति विवरण बुझाउनुपर्नेलाई राहत, एक्लियो एमाले
-
आगामी आर्थिक वर्षभित्र १२ वटा रणनीतिक प्रसारण लाइन सञ्चालनमा ल्याइने
-
पोखरा बसपार्क क्षेत्रका व्यापारिक संरचना हटे, सुकुमबासी व्यवस्थापन प्रक्रिया सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण