ज्येष्ठ नागरिकको गुनासो : सरकारबाट पाउने भनिएको सुविधा खोई ?
बिहीबार, २५ जेठ २०७४, ०८ : ३६
धादिङ - ज्येष्ठ नागरिक जिल्ला सङ्घको समन्वयमा राष्ट्रिय मानवअधिकार आयोगद्वारा बुधबार धादिङमा आयोजना गरिएको ‘ज्येष्ठ नागरिकको मानव अधिकारको अवस्था’ विषयक अन्तक्र्रिया कार्यक्रममा ज्येष्ठ नागरिकले सरकारबाट पाउने भनिएको सुविधा पाउन नसकेको गुनासो गरेका छन् ।
ज्येष्ठ नागरिक जिल्ला सङ्घका अध्यक्ष वासुदेव लम्सालको अध्यक्षतामा आयोजित अन्तक्र्रिया कार्यक्रममा ज्येष्ठ नागरिकले आफूलाई उपलब्ध गराएको परिचयपत्रमा सार्वजनिक यातायात तथा स्वास्थ्य उपचारमा ५० प्रतिशत छुट दिने कुरा कागजमा मात्र सीमित रहेको र सार्वजनिक यातायातका साधनमा छुट्याइएको महिला, असक्त, अपाङ्ग र ज्येष्ठ नागरिक सिट देखाउनका लागि मात्र राखिएको आरोप लगाएका छन् ।
वैदेशिक रोजगारीका लागि छोरा नाति विदेश जाने, बुहारीहरु छोराछोरीलाई पढाउन गाउँघर छाडी सहरमा आइ बस्नाले घर कुरुवा ज्येष्ठ नागरिक मात्र गाउँघरमा बस्ने भएकाले उनीहरुको जीवनयापन गर्दा ज्यादै दुःख र कठिनाइ भोगिरहेको र बिरामी पर्दा हेरचाह गर्ने मानिस पनि नहुने गरेको दुखेसो ज्येष्ठ नागरिकको रहेको थियो ।
प्रजिअ महेश आचार्यले कानुनले तोकेको सुविधा किन ज्येष्ठ नागरिकले पाउन नसकेको भन्नेबारे सरोकारवालालाई राखी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए भने कार्यक्रमको सहजीकरण राष्ट्रिय मानवअधिकार आयोगका अधिकृत प्रतिनिधिद्वय वीरबहादुर बुढामगर र किरणप्रसाद घिमिरेले गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यो जित माराडोनाका लागि उपहार हो: लियोनल मेस्सी
-
विश्वकप मैदानमा राजनीति: अर्जेन्टिना विरुद्ध बेलायती मन्त्रीले गरे फिफामा उजुरी
-
पूर्वराष्ट्रपति रहमानको हत्या अभियोगमा ४ दशकदेखि फरार अभियुक्त पक्राउ
-
१० बजे १० समाचार : सम्पत्ति विवरण बुझाउनुपर्नेलाई राहत, एक्लियो एमाले
-
आगामी आर्थिक वर्षभित्र १२ वटा रणनीतिक प्रसारण लाइन सञ्चालनमा ल्याइने
-
पोखरा बसपार्क क्षेत्रका व्यापारिक संरचना हटे, सुकुमबासी व्यवस्थापन प्रक्रिया सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण