दोस्रो चरण स्थानीय तहमा वैद्य माओवादीद्वारा उम्मेदवार घोषणा
बिहीबार, २५ जेठ २०७४, ०८ : ३६
काठमाडौं, जेठ २५– मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले दोस्रो चरणमा हुने स्थानीय तह निर्वाचनका लागि २३ जिल्लाको ८० स्थानीय तहमा उम्मेदवार घोषणा गरेको छ ।
रुपन्देहीको बुटवल, सुनसरीको धरान, इटहरी, दाङको घोराही र तुलसीपुर उपमहानगरपालिकामा मेयर र उपमेयरसहित २३ जिल्लाको २३ स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको क्रान्तिकारी माओवादीका कार्यालय सचिव हरीकृष्ण गजुरेलले जानकारी दिए ।
वैद्य माओवादीले रुपन्देहीको बुटवल उपमहानगरपालिकाको मेयरमा भुलबहादुर सुनारी र उपमेयरमा शान्ता खनाल (मरासिनी)लाई उम्मेदवार बनाएका छ ।
यस्तै, सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा पेमा लामा, उपमेयरमा ममता राई तथा इटहरी उपमहानगरपालिकाको मेयरमा पदम तामाङलाई उम्मेदवार घोषणा गरिएको छ ।
यसैगरी दाङको घोराही उपमहानगरपालिकाको मेयरमा सुशीला आचार्य (वैद्य) र उपमेयरमा तिलक बिक. तथा तुलसीपुर उपमहानगरपालिकाको मेयरमा इश्वरीप्रसाद गैरेलाई वैद्य माओवादीले उम्मेदवार घोषणा गरेको छ ।
पहिलो चरणको निर्वाचनमा तीन वटै प्रदेशमा चार महानगरपालिकासहित उम्मेदवारी घोषणा गरेको वैद्य माओवादीले दुई स्थानीय तहको दुई वडामा मात्रै जित हात पारेको थियो ।
यी हुन्, विभिन्न जिल्लाका नगरपालिकाका उम्मेदवार
दार्चुलाको महाकाली नगरपालिकाको मेयरमा प्रेम निरौला, उपमेयरमा धनसिंह दयाली ।
बैतडीको दशरथचन्द नगरपालिकाको मेयरमा दिनेश ओड, उपमेयरमा सुस्मा गहतराज, तेह«थुमको म्याङ्लुङ नगरपालिकाको मेयरमा तारक लिम्बू, लालिगुराँस नगरपालिकाको मेयरमा निरेन्द्र सुब्बा ।
खोटाङको रुपाकोट मम्पुवागढी नगरपालिकाको मेयरमा झमप्रसाद आचार्य, हलेसी तुवाचङ नगरपालिकाको मेयरमा भोजराज बस्नेत ।
ओखलढुंगाको सिद्धिचरण नगरपालिकाको मेयरमा फुर्तेम्बा शेर्पा, उदयपुरको त्रियुगा नगरपालिकाको मेयरमा मदन खड्का ।
सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा पेमा लामा, उपमेयरमा ममता राई, इटहरी उपमहानगरपालिकाको मेयरमा पदम तामाङ, बराह नगरपालिकाको मेयरमा अनिल राई, रामधुनिभासी नगरपालिकाको मेयरमा डिल्ली खनाल ।
सिरहाको गोलबजार नगरपालिकाको उपमेयरमा शम्भु शाह, धनगढीमाई नगरपालिकाको मेयरमा हिराबहादुर ।
सर्लाहीको लालबन्दी नगरपालिकाको मेयरमा अजय श्रेष्ठ, हरिवन नगरपालिकाको मेयरमा बलराम न्यौपाने, हरिपुर्वा नगरपालिकाको मेयरमा रामलखन साह, उपमेयरमा यशोदा साह ।
रुपन्देहीको बुटवल उपमहानगरपालिकाको मेयरमा भुलबहादुर सुनारी, उपमेयरमा शान्ता खनाल (मरासिनी), सैनामैना नगरपालिकाको मेयरमा दल बहादुर छन्त्याल, उपमेयरमा एकदेब पौडेल, सिद्धार्थनगर नगरपालिकाको मेयरमा मुजिब अली, उपमेयरमा भवानी रिजाल ।
नवलपरासीको बर्दघाट नगरपालिकाको मेयरमा छवि खरेल, उपमेयरमा विष्णु गैरै, सुनवल नगरपालिकाको मेयरमा मेयरमा गणेश भट्ट, उपमेयरमा परशुराम पाण्डे, सदरमुकामस्थित रामग्राम नगरपालिकाको मेयरमा रामचन्द्र गौतम ।
दाङको घोराही उपमहानगरपालिकाको मेयरमा शुशिला आचार्य (वैद्य), उपमेयरमा तिलक बि.क., तुलसीपुर उपमहानगरपालिकाको मेयरमा इश्वरीप्रसाद गैरे, लमही नगरपालिकाको मेयरमा हिमा घिमिरे ।
झापाको विर्तामोड नगरपालिकाको मेयरमा बालकृष्ण बुढाथोकी, दमक नगरपालिकाको मेयरमा गोविन्द भट्टराई, उपमेयरमा भवानी मिश्र, शिवशताक्षी नगरपालिकाको मेयरमा हरि गौतम, कन्काई नगरपालिकाको उपमेयरमा हरिभक्त संग्रौला, अर्जुनधारा नगरपालिकाको मेयरमा नरेन्द्र नेम्वाङ ।
मोरङको सुन्दरहरैचा नगरपालिकाको मेयरमा डिल्लीराम बाँस्कोटा, उपमेयरमा आशाकुमारी राई, पथरी शनिश्चरे नगरपालिकाको मेयरमा सन्तोष गुरुङ ‘इतिहास’, रतुवामाई नगरपालिकाको मेयरमा कृष्ण ढकाल, सुनबर्सी नगरपालिकाको मेयरमा योगेन्द्र राजवंशी, बेलबारी नगरपालिका मेयरमा शान्तिराम गिरी ।
प्युठानको स्वर्गद्वारी नगरपालिकाको मेयरमा भीमबहादुर बुढा, भोजपुरको षडानन्द नगरपालिकाको मेयरमा राजुकुमार राई ।
बर्दियाको राजापुर नगरपालिका मेयरमा खड्ग मल्ल, उपमेयरमा सेनिका मल्ल, गुलरिया नगरपालिका, मेयरमा मञ्जु श्रेष्ठ, ठाकुरबाबा नगरपालिकाको मेयरमा रामबहादुर शाही, उपमेयर गंगा न्यौपाने, मधुवन नगरपालिका मेयरमा प्रतिक्षा बम, बाँसगढी नगरपालिकाको मेयरमा टिकाराम बुढाथोकी, उपमेयर जानकी चौधरी ।
कंचनपुरको बेदकोट नगरपालिका, मेयरमा विष्णुराम दमाई, शुक्लाफाँटा नगरपालिका मेयरमा चन्द्रलाल चौधरी ।
ताप्लेजुङको फुङलिङ नगरपालिकाको मेयरमा गणेश पोमु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यो जित माराडोनाका लागि उपहार हो: लियोनल मेस्सी
-
विश्वकप मैदानमा राजनीति: अर्जेन्टिना विरुद्ध बेलायती मन्त्रीले गरे फिफामा उजुरी
-
पूर्वराष्ट्रपति रहमानको हत्या अभियोगमा ४ दशकदेखि फरार अभियुक्त पक्राउ
-
१० बजे १० समाचार : सम्पत्ति विवरण बुझाउनुपर्नेलाई राहत, एक्लियो एमाले
-
आगामी आर्थिक वर्षभित्र १२ वटा रणनीतिक प्रसारण लाइन सञ्चालनमा ल्याइने
-
पोखरा बसपार्क क्षेत्रका व्यापारिक संरचना हटे, सुकुमबासी व्यवस्थापन प्रक्रिया सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण