मोःमोमाथि प्रतिबन्ध लगाउनुपर्छ भन्दै अभियान सुरु
हिन्दुस्तान टाइम्स
जेठ २५ – मोःमो हामीमध्ये धेरैको प्रिय खाजामा पर्छ । सायदै कोही होला जसलाई मोःमो मनपर्दैन । तर सबैको अतिप्रति खाजा मोःमोमाथि प्रतिबन्ध लगाउनुपर्छ भन्दै अभियान सुरु भएको छ ।
यो अभियान नेपालमा नभई भारतमा सुरु भएको छ । जम्मु–कश्मिरका वकिल र बीजेपी विधायक रमेश अरोराको नेतृत्वमा मोःमोविरुद्धको अभियान सुरु भएको हो । उनले मोःमोमा कार्सिनोजेनिक मोनोसोडिम ग्लुटामेट (अजिनोमोटो) हुने भन्दै यसले सर्वसाधारणको स्वास्थ्यमा नकारात्मक असर पुर्याइरहेको बताए ।
‘मोःमो आन्द्राको क्यान्सरका साथै विभिन्न घातक रोगको मूल कारणको रुपमा उभिएको छ,’ अरोराले बुधबार भने ।
उनले विगत पाँच महिनादेखि कम्तीमा आफ्नो राज्यमा मात्र भएपनि मोःमोमा प्रतिबन्ध लगाउनुपर्ने भन्दै सार्वजनिक रुपमा बोल्दै आएका छन् ।
‘अजिनोमोटोले क्यान्सरलगायत विभिन्न घातक रोग निम्त्याउँछ । यसले साधारण टाउको दुखाईलाई माइग्रेनमा परिणत गरिदिन्छ,’ उनले भने ।
उनले यसका नकारात्मक पक्षको सूची नै बनाउँदै भने, ‘स्मरण शक्ति क्षीण बनाउनुका साथै दुईदेखि तीन वर्षसम्म लगातार प्रयोग गर्दा यसले पेटको क्यान्सरसमेत गराउँछ । अजिनोमोटो मदिरा र लागुऔषधभन्दा खतरनाक छ ।’
मोःमोलगायतका चीनियाँ स्ट्रिट फुडमाथि प्रतिबन्ध लगाउनका लागि उनले स्वास्थ्यमन्त्री बाली भगतसँग पनि भेटघाट गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यो जित माराडोनाका लागि उपहार हो: लियोनल मेस्सी
-
विश्वकप मैदानमा राजनीति: अर्जेन्टिना विरुद्ध बेलायती मन्त्रीले गरे फिफामा उजुरी
-
पूर्वराष्ट्रपति रहमानको हत्या अभियोगमा ४ दशकदेखि फरार अभियुक्त पक्राउ
-
१० बजे १० समाचार : सम्पत्ति विवरण बुझाउनुपर्नेलाई राहत, एक्लियो एमाले
-
आगामी आर्थिक वर्षभित्र १२ वटा रणनीतिक प्रसारण लाइन सञ्चालनमा ल्याइने
-
पोखरा बसपार्क क्षेत्रका व्यापारिक संरचना हटे, सुकुमबासी व्यवस्थापन प्रक्रिया सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण