यौन हिंसा नियन्त्रण गर्न कडा कानुन्
बिहीबार, २५ जेठ २०७४, १० : ०५
काठमाडौँ - मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमजीवी महिलाप्रति कार्यस्थलमा हुने यौन हिंसा नियन्त्रण गर्न कडा कानुन निर्माण गर्नुपर्नेमा जोड दिइएको छ ।
महिला विकास कार्यालय र विश्वास नेपाल नामक सामाजिक संस्थाले संयुक्तरुपमा बुधबार आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा सहभागीले कानुनको अभावमा विभिन्न डान्स रेस्टुराँ तथा डान्स बारलगायत क्षेत्रमा आर्थिक प्रलोभन दिएर महिलामाथि यौन उत्पीडन हुने गरेको विचार व्यक्त गरेका छन् ।
काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी ललित अधिकारीले त्यस क्षेत्रमा महिलामाथि हुने हिंसा तथा कामदारमाथि हुने शोषणको अन्त्यका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
महिला विकास कार्यालयका प्रमुख अधिकृत अनिता अधिकारीले दण्डहीनताका कारण सो क्षेत्रमा बालबालिका तथा महिला वर्गको अत्यधिक प्रयोग गरिने बताउँदै त्यसको नियमित नियमन तथा अनुगमन गरी त्यहाँ भएका विकृतिलाई अन्त्य गरी मर्यादित बनाउनुपर्नेमा जोड दिए ।
विश्वास नेपालका अध्यक्ष तारा भण्डारीले मनोरञ्जन क्षेत्रमा कार्य गर्दा पीडित भएका महिलालाई विभिन्न सहयोग आफ्नो संस्थाले उपलब्ध गराउँदै आएको जानकारी दिए ।
सञ्चारकर्मी रुपा शर्माले काठमाडौँमा कति डान्स रेस्टुराँ तथा डान्स बार छन् ? कति कामदार छन् ? भनेर अनुसन्धान गर्दा विभिन्न धम्की आउने गरेकाले चुनौती रहेको औँल्याए ।
विभिन्न दल निकट ट्रेड युनियन सङ्गठन, केन्द्रीय बाल कल्याण समिति तथा सुरक्षा निकायका प्रतिनिधिलगायतले रेस्टुराँ क्षेत्र शोषण र दुव्र्यवहारमुक्त गरी मर्यादित पेसाका रुपमा स्थापित गर्नुपर्ने सुझाव दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यो जित माराडोनाका लागि उपहार हो: लियोनल मेस्सी
-
विश्वकप मैदानमा राजनीति: अर्जेन्टिना विरुद्ध बेलायती मन्त्रीले गरे फिफामा उजुरी
-
पूर्वराष्ट्रपति रहमानको हत्या अभियोगमा ४ दशकदेखि फरार अभियुक्त पक्राउ
-
१० बजे १० समाचार : सम्पत्ति विवरण बुझाउनुपर्नेलाई राहत, एक्लियो एमाले
-
आगामी आर्थिक वर्षभित्र १२ वटा रणनीतिक प्रसारण लाइन सञ्चालनमा ल्याइने
-
पोखरा बसपार्क क्षेत्रका व्यापारिक संरचना हटे, सुकुमबासी व्यवस्थापन प्रक्रिया सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण