बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सलमानका लागि डा. मशहुर गुलाटी बनेर कार्यक्रममा फर्कनेछन् सुनिल ग्रोवर

बिहीबार, २५ जेठ २०७४, १० : ०२
बिहीबार, २५ जेठ २०७४

एजेन्सी

जेठ २५ – सुनिलका प्रशंसकका लागि खुसीको खबर छ । जसले डाक्टर मशहुर गुलाटीलाई मिस गरिरहेका थिए अब उनीहरुको प्रतिक्षा रोकिएको छ । सुनिल ग्रोवर एकपटक पुनः डाक्टर मशहुर गुलाटी बनेर फर्किरहेका छन् तर कपिलका लागि नभई सलमान खानका लागि ।

मिडिया रिपोर्टका अनुसार सलमान खान आफ्नो नयाँ फिल्म ‘ट्युबलाइट’ को प्रोमोशन सोनी टिभीमा गर्न चाहन्छन् र यसका लागि च्यानलले एक विशेष व्यवस्था मिलाएको छ । ‘ट्युबलाइट’ को प्रोमोशन सुनिल ग्रोवरसँग गरिनेछ । ‘ट्युबलाइट’ का लागि उनी सोनी टेलिभिजनसँग एक विशेष एपिसोड सुटिङ गर्ने भएका छन् जसको प्रोमो भिडियो आइसकेको छ ।

उक्त कार्यक्रममा सुनिल आफ्नो चर्चित अवतार डाक्टर मशहुर गुलाटीको रुपमा देखिनेछन् र सलमानको ‘ट्युबलाइट’ समूहलाई मनोरञ्जन प्रदान गर्नेछन् । च्यानलले सलमान खानलाई ‘द कपिल शर्मा शो’ मा ल्याउनुको साटो सुनिलसँग एक नयाँ कार्यक्रम बनाउने निर्णय गर्यो ।

केही दिन अघि कपिल शर्माले सोसल मिडियामा प्रशंसकसँग कुरा गरे । त्यतिबेला एक प्रशंसकले उनलाई सुनिल ग्रोवर कहिले कार्यक्रममा फिर्ता हुन्छन् भन्ने प्रश्न सोधे । कपिलले जवाफमा लेखे, ‘जतिबेला उनी चाहन्छन् । मैले त उनलाई थुप्रै पटक फिर्ता हुनको लागि आग्रह गरेको छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप