उम्मेदवार र मन्त्रालय टुङ्ग्याउन सानेपामा काङ्ग्रेस बैठक
काठमाडौं, जेठ २५ – असार १४ मा हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनौट र मन्त्रिमण्डलमा सहभागी हुने सदस्यको नाम टुङगो लगाउन काङ्ग्रेस केन्द्रीय कार्य सम्पादन समितिसहित शीर्ष नेताको बैठक बसिरहेको छ ।
पार्टी कार्यलय सानेपामा नौ बजेबाट सुरु भएको बैठकमा निर्वाचन हुन बाँकी महानगर र उपमहानगरपालिकासहित विवादित ठाउँका उम्मेदवारको टुङ्गो लगाउन प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाले बैठक बोलाएका हुन् ।
बैठकमा विवादित स्थानका उम्मेदवारबारे छलफल भइरहेको काङ्ग्रेस नेताहरुले जनाएका छन् ।
[caption id="attachment_147699" align="alignleft" width="840"] फाइल फोटो[/caption]नेपाली काङ्ग्रेसका अधिकांश स्थानमा स्थानीय तहमा भएको उम्मेदवारी चयनमा असन्तुष्टि बढेपछि विवादिन स्थानका उम्मेदवारको नाम केन्द्रमा पठाइएको थियो ।
यसैवीच आजको बैठकमा सरकार गठनका विषयमा पनि छलफल हुन सक्ने बताइएको छ । सरकार गठनमा सभापति देउवाले एकलौटी गरेको भन्दै रामचन्द्र पौडेल समूहले हिजै असन्तुष्टी जनाउदै बहिष्कार गर्ने बताएको थियो ।
पौडेल समुहको छुट्टै भेला बसेर बहिष्कार गर्ने निर्णय गरेलगत्तै शेरबहादुर देउवाले पौडेललाई फोन गरेर सपथ ग्रहण समारोहमा सहभागी बन्न आग्रह गरेपछि पौडेल शीतलनिवास पुगेका थिए ।
यसैबीच काङ्ग्रेसको पौडेल समूहले काङ्ग्रेसले पाउने आठ मन्त्रालयमध्ये चार वटा आफ्नो समूहले पाउनुपर्ने अडान राखे पनि देउवाले तीनवटा मन्त्रालयमात्रै दिने तयारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यो जित माराडोनाका लागि उपहार हो: लियोनल मेस्सी
-
विश्वकप मैदानमा राजनीति: अर्जेन्टिना विरुद्ध बेलायती मन्त्रीले गरे फिफामा उजुरी
-
पूर्वराष्ट्रपति रहमानको हत्या अभियोगमा ४ दशकदेखि फरार अभियुक्त पक्राउ
-
१० बजे १० समाचार : सम्पत्ति विवरण बुझाउनुपर्नेलाई राहत, एक्लियो एमाले
-
आगामी आर्थिक वर्षभित्र १२ वटा रणनीतिक प्रसारण लाइन सञ्चालनमा ल्याइने
-
पोखरा बसपार्क क्षेत्रका व्यापारिक संरचना हटे, सुकुमबासी व्यवस्थापन प्रक्रिया सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण