बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

करेन्ट लागेर मोरङमा एकको मृत्यु

बिहीबार, २५ जेठ २०७४, ११ : ००
बिहीबार, २५ जेठ २०७४

मोरङ, २५ जेठ । मोरङको धनपालथान गाउँपालिका–४ हरकपुर बस्ने ५५ वर्षीय फुलचन साफीको बुधबार साँझ करेन्ट लागेर मृत्यु भएको छ ।

बेलुका आफ्नै घरको ट्युबेलमा जडान गरिएको पानी तान्ने मोटरबाट उनलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर गम्भीर घाइते भएका साफीको कोसी अञ्चल अस्पताल विराटनगरमा उपचारका क्रममा साँझ मृत्यु भएको इलाका प्रहरी कार्यालय रङ्गेलीका प्रहरी निरीक्षक सञ्जीवबाबु खड्काले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप