गोरखापछि पूर्वयुवराज्ञी हिमानी तनहुँमा
किरण श्रेष्ठ
२५ जेठ, तनहुँ – पूर्वयुवराज्ञी हिमानी शाह बिहिवार तनहुँको दमौली पुगेकी छिन् ।
यहाँ रहेको व्यास गुफा अवलोकन र चार वेद, महाभारत र अठार पुराणका रचयिता वेद व्यासको तपोभूमि दमौलीमा आयोजित अठार महिने अखण्डकीर्तनमा सहभागी भएकी छिन् ।
नेपाल ठकुरी समाज तनहुँको निमन्त्रणामा पूर्व युवराज्ञी शाह दमौली आएकी हुन् । नेपाल ठकुरी समाज जिल्ला कार्यसमिति तनहुँले आफ्नो भेषभुषासहित स्वागत गरेका थिए ।
छोरा हृदयेन्द्र, छोरी पूर्णिमा र कृत्तिकासहित पूर्वयुवराज्ञीको स्वागतमा तनहुँ बासीको उल्लेख्य सहभागिता रहेको थियो ।
चर्को घामको प्रवाह नगरी हिमानीलाइ हेर्न बालबालिकादेखि बृद्धवृद्धाहरुको ठूलो उपस्थिति रहेको थियो । पूर्वयुवराज्ञी शाहले व्यास गुफामा पूजा अर्चना समेत गरेकी थिइन् ।
उनले सोही अवसरमा व्यास गुफा बारे पनि जानकारी लिइन् । त्यस्तै उनले व्यास गुफा नजिक रहेको मूर्तिहरु समेत अवलोकन गरेकी छिन् । अवलोकनको क्रममा पूर्व युवराज्ञी शाहलाई व्यास गुफाका संरक्षक दामोदर बाबाले गुफाको ऐतिहासिक महत्वको बारेमा जानकारी गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानी प्रधानमन्त्रीको लोकप्रियता दर पहिलो पटक ५० प्रतिशतभन्दा तल
-
कोरियाबाट फर्केका नेपालीको सीप र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणमा लगाउनुपर्नेमा जोड
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ
-
१८ महिना नाघेका सबै मुद्दा फर्स्योट गर्ने लक्ष्यमा उच्च अदालतलाई सफलता
-
काठमाडौँमा तेस्रो अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन आयोजना हुने
-
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको स्वास्थ्य अधिकारबारे मन्त्री मेहतासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण