बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

आठ महिने मुटुरोगी बालकलाई सहयोग

बिहीबार, २५ जेठ २०७४, १५ : २०
बिहीबार, २५ जेठ २०७४

काठमाडौ जेठ २५ –सुन्तले–५ खोटाङका आठ महिने मुटुरोगी बालक सज्ञान तामाङको उपचारका लागि बिश्व नेपाली साहित्य मंहासंघ इजरायल शाखाले सहयोग गरेको छ ।

जन्मिए देखि नै मुटुमा समस्या भएपछि घरको आर्थिक अबस्था कमजोर भएको सज्ञानको उपचारका लागि बिश्व नेपाली सहित्य महासंघका केन्द्रिय उपाध्यँक्ष सागर श्रेष्ठ र इजरायल शाखाका अध्यक्ष सानु गुरुङको संयोजनमा संकलन भएको रकम बालकको परिवारलाई हस्तारण गरिएको छ । काठमाडौ कान्तिबाल अस्पतालमा उपचाररत आठ महिने बालक सज्ञानलाई इजरायल सहित्य मञ्चबाट संकलन भएको ६३ हजार नगद बालकका बाबु टंक तामाङलाई बिश्व नेपाली सहित्य महासंघ इजरायल शाखाकी सचिव बिमला ढुंगानाका प्रतिनिधि पदम ढुंगानाले अस्पतालमै पुगेर रकम हस्ताणतरन गरेका थिए । रकम पाएपछि बालकका बाबु आमाले खुशी व्यक्त गर्दै सहयागी हात बढाउने बिश्व नेपाली सहित्य महासंघको इजलायत शाखाका सम्पुर्ण सदस्यलाई धन्यवाद दिइन् । बालकको काठमाडौको कान्तिबालमा उपचार भइरहको छ । बालक उपचारको लागि ठुलो रकम आवश्यक रहेको भएपनि आफनो आर्थिक अवस्थाको अभावमा उपचार गर्न नसकेको भन्दै बालकका बाबु टंक तामाङले सहयोगका लागि सबैसंग अपिल समेत गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप