बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

धितोपत्र बोर्डको कदम सकारात्मकः अर्थमन्त्री

बिहीबार, २५ जेठ २०७४, १५ : ३५
बिहीबार, २५ जेठ २०७४

काठमाडौं, जेठ २५–नव नियुक्त अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले नेपाल धितोपत्र बोर्डले नियमनकारी निकयका रुपमा चालेका कदमले सर्वसाधरणलाई कम्पनीको मालिक बनाएको बताएका छन् । बोर्डको रजतजन्तीका अवसरमा बिहीबार राजधानीमा आयोजित एक समारोहलाई सम्बोधन गर्दै मन्त्री कार्कीले बोर्डले चालेका पछिल्ला कदमले सर्वसाधरणलाई कम्पनीको मालिक बनाउनुको साथै बचत गर्ने संस्कारको पनि विकास गराएको बताए ।

प्राथमिक निष्काशनमा आवेदन गर्ने सबैलाई कम्तिमा १० प्रतिशत शेयर दिने बोर्डको निर्णयले सर्वसाधरणमा बचत गर्ने, संकलित रकम उच्च प्रतिफल दिने कम्पनीमा लगाउने बानी तथा संस्कारको विकास गराएको उनको भनाइ थियो ।

उनले बढ्दो पुँजी बजार र धितो पत्र बजारलाई नियमन गर्न अन्तर्राष्ट्रियस्तरमा विकसित उच्च प्रविधि अवलम्बन गर्दै गुणस्तरीय सेवा संचालनका लागि अलग्गै भवन हुनुपर्ने बोर्डको मागप्रति सरकार सकारात्मक रहेको पनि बताए । बोर्डले पहिलो पटक पूँजीबजार पत्रकारिता पुरस्कारबाट नेपाल आर्थिक पत्रकार समाजलाई पुस्कृत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप