बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

कांग्रेसलाई उम्मेदवार चयन गर्न अझै दुई दिन लाग्ने

बिहीबार, २५ जेठ २०७४, १५ : ३६
बिहीबार, २५ जेठ २०७४

काठमाडौं, जेठ २५ – सत्तारुढ नेपाली काँग्रेसले दुई दिन भित्र स्थानीय तह दोस्रो चरणको निर्वाचनका लागि पार्टीको उम्मेदवार चयन गरिसक्ने स्पष्ट पारेको छ । विहीबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिसहित शीर्ष नेताको बैठकले २ दिनभित्र स्थानीय तह दोस्रो चरणको निर्वाचनका लागि पार्टीले उम्मेदवार चयन गरीसक्ने गरी छलफल भएको नेताहरुले बताएका छन् । उम्मेदवारी चयनका क्रममा केही ठाउँमा देखिएको विवाद पनि दुई दिन भित्रै टुंंगो लगाउने गरी आन्तरिक छलफललाई तीव्रता दिइएको पार्टीका नेता अर्जुननरसिंह केसीले जानकारी दिए । काँग्रेसले उम्मेदवारी चयनका क्रममा देखिएको विवाद समाधानका लागि स्थानीय तहकै पार्टी समितिसँग सल्लाह र समन्वय गर्ने मापदण्ड पनि तय गरेको छ । नेपाली काँग्रेसले नयाँ सरकार गठनका कारण स्थानीय तह दोस्रो चरणको निर्वाचनमा लागि उम्मेदवारी चयन गर्ने काममा ढिलाई हुन गएको पनि जनाएको छ । बैठकमा प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाले चुनाव केन्द्रित हुन पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप