झिमरुक गाउँपालिकामा माओवादी उम्मेदवारको घोषणा
बिहीबार, २५ जेठ २०७४, १५ : ४५
जेठ २५, प्युठान माओवादी केन्द्र प्युठानले झिमरुक गाउँपालिकाको अध्यक्षमा पीतबहादुर एमसि र उपाध्यक्षमा राधा जिसीको उमेद्वारी घोषणा गरेको छ ।
२० वर्षपछि हुन लागेको निर्वाचनमा अध्यक्षको उम्मेदवार बनेका एमसी २० वर्ष अघि भएको स्थानीय निकायको निर्वाचनमा तत्कालीन बादिकोट गाबिसको अध्यक्ष थिए ।
२०५४ सालको स्थानीय निर्वाचनमा स्थायी शिक्षण पेसाबाट राजीनामा दिई राजनीतिमा होमिएका एमसी विकासप्रेमी नेताको रुपमा चिनिन्छन् ।
माओवादी प्युठानका सहइन्चार्जसमेत रहेका एमसीले आफूले झिमरुक गाउँपालिकालार्इ देश कै नमुना गाउँपालिकाको रुपमा विकास गर्ने उद्घोष गरे । उनले गाउँपालिका विकासको लागि तयार पारिएको आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गर्दै ६० वर्षमाथिका बृद्धबृद्धाका लागि मासिक भत्ता ५ हजार पु¥याउने घोषणा गरे ।
त्यस्तै, गाउँपालिकाको अध्यक्षमा विजयी भए अपांगता भएकालाई लागि मासिक भत्ता दिने, बेरोजगार संख्या यकिन गरी युवा स्वरोजगार स्थापना गरी सुरुवाती चरणबाट नै बेरोजगार भत्ता दिने, आधुनिक कृषि प्रणालीमा जोड दिने पनि योजना बताए ।
एमसीले गाउँपालिकामा पर्यटकिय स्थलको पहिचान गरि विकास गर्ने, सञ्चार क्षेत्रमा सुधार गरि सुलभ र सहज बनाउने, सबै वडामा खेलकुद मैदान स्थापना गर्ने र खेलकुद बिकासमा विशेष जोड दिने पनि बताए ।
अध्यक्षका उम्मेदवार एमसीले विजयी भएपछि किसानलाई ५० प्रतिशत अनुदान दिने, नष्ट भएका बालिनानीको प्रकृति हेरी ५० प्रतिशत क्षतिपूर्ति दिने, सम्भाबित घरेलु उध्योगको अध्यन गर्दै बिकास गर्ने, प्रत्येक टोलटोलमा सिचाइँ सुविधाको व्यवस्था मिलाउने कार्ययोजना रहेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानी प्रधानमन्त्रीको लोकप्रियता दर पहिलो पटक ५० प्रतिशतभन्दा तल
-
कोरियाबाट फर्केका नेपालीको सीप र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणमा लगाउनुपर्नेमा जोड
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ
-
१८ महिना नाघेका सबै मुद्दा फर्स्योट गर्ने लक्ष्यमा उच्च अदालतलाई सफलता
-
काठमाडौँमा तेस्रो अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन आयोजना हुने
-
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको स्वास्थ्य अधिकारबारे मन्त्री मेहतासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण