बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

अल्का आइभीएफद्वारा निःशुल्क स्वास्थ्य परीक्षण, ढिला बिहे गर्ने अधिकांश महिलामा बाँझोपनको समस्या देखियो

बिहीबार, २५ जेठ २०७४, १५ : ४७
बिहीबार, २५ जेठ २०७४
ललितपुर, जेठ २५–ललितपुरको जावलाखेलस्थित अल्का आइभिएफ एण्ड फर्टिलिटि सेन्टरले आयोजना गरेको दुई दिने निशुल्क शिबिरमा २ सय ७५ जना स्त्री रोग तथा बाझोपन समस्याका बिरामीले स्वास्थ्य परीक्षण गराएका छन् । सेन्टरले मंगलवार र बुधवार गरेको निशुल्क शिबिरमा करिब ५० जना बिरामीमा बाँझोपन सम्बन्धी समस्या देखिएको प्रशुती तथा स्त्री रोग एवं बाझोपन बिशेषज्ञ डा. नुतन शर्माले जानकारी दिइन् । ढिलो बिहे गरेका, असुरक्षित गर्भपतन गराएका तथा पाठेघरको संक्रमण भएर समयमै उपचार नगराएका अधिकांस महिलाहरुमा बाझोपन सम्बन्धी समस्या देखिएको डा. शर्माले बताइन । शिबिरमा इनफर्टिलिटि स्क्रिीनिङ्ग क्यान्सर स्क्रिीनिङ्ग, स्त्री रोगसम्बन्धी निशुल्क परीक्षण गरिनुका साथै चिकित्सकको सिफारिसमा बिरामीको रगत सम्बन्धी परीक्षण, पाठेघरको मुखको क्यान्सर सम्बन्धी जाँच, टिभिएस, भिडियो एक्सरे समेत निशुल्क गरिएको थियो । बिरामीलाई आवश्यकता अनुसारको औषधी समेत सेन्टरले निशुल्क रुपमा बितरण गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप