बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

गाउँ/नगरपालिकाको प्रमुख बन्न मधेसी जनताले आन्दोलन गरेका होइनन्ः राजेन्द्र महतो

बिहीबार, २५ जेठ २०७४, १६ : ०१
बिहीबार, २५ जेठ २०७४

धनुषा जेठ २५–राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो गाउँपालिका तथा नगरपालिकाको प्रमुख बन्न र बनाउनका लागि मधेशी जनताले आन्दोलन नगरेको बताउँदै अधिकारका आन्दोलन भएको बताएका छन् । उनले मधेशमा ५२ प्रतिशत जनसंख्या रहेको भन्दै त्यसको आधारमा स्थानीय तहको सँख्या बढाउँदै चुनावको वातारण तयार गरिनुपर्ने तर्क गरे । धनुषाको कपलेश्वरमा विहिवार आयोजित कार्यक्रममा उनले मधेशीलाई बन्चित गराएर चुनाव हुन नसक्ने चेतावनी समेत दिए ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवाले मधेसी जनताको माग पूरा गर्न गम्भीरता देखाउनु पर्ने समेत ध्यानाकर्षण गराए ।

नेपाल लोकतान्त्रिक फोरम नेपालका अध्यक्ष विजयकुमार गच्छदार र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी जनतालाई धोका दिएको आरोप समेत उनले लगाए ।

मधेशीको नाममा महान नेता बनेका उपेन्द्र यादवले मधेशीलाई धोका दिएको बताउँदै उनले भने, पहिलो सविधानसभा चुनावमा उपेन्द्र यादवले ५३ वटा सिट ल्याउनु भएको थियो, त्यो मत मधेशीले नै दिएको थिए, बाबुराम भट्टराईले होइन, पहाडबाट पनि त्यो मत आएको होइन ।’

मधेशबाट ठूलो नेता बनेका उपेन्द्र यादवले मधेशसँग मिल्नुपर्नेमा बाबुराम भट्टराईसँग मिलेको टिप्पणी गर्द उनले यादवले मधेशीलाई धोका दिएको कारण यसको न्याय अब मधेशी जनताले गर्ने दाबी गरे ।

उपेन्द्र यादव र विजयकुमार गच्छदारले मधेश छाडेर गएका गरेको आरोप लगाउँदै उनले अब मधेसमा राजपामात्रै बाँकी रहेको समेत दाबी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप