राजपा चुनावमा आउने उपेन्द्र यादवको विश्वास
बिहीबार, २५ जेठ २०७४, १६ : ०५
काठमाडौं, जेठ २५ –संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टी, नेपाल स्थानीय तह दोस्रो चरणको निर्वाचनमा आउने विश्वास व्यक्त गरेका छन् । अध्यक्ष यादवले मधेशी जनतालाई मतदानबाट बञ्चित गराउने अधिकार कसैलाई नरहेको पनि बताए ।
उनले मधेशका जनताले निर्वाचन, समृद्धि र विकास चाहेको उल्लेख गर्दै त्यसमा राष्ट्रिय जनता पार्टीको पनि साथ रहने उल्लेख गरे ।
अध्यक्ष यादवले निर्वाचनमा राष्ट्रिय जनता पार्टीसँग तालमेल गरेर जान आफनो पार्टी तयार रहेको पनि स्मरण गराए । विहिबार काठमाडांैंमा आयोजित साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले ढिला नगरी संविधान संशोधन प्रस्ताव पारित गर्न पनि नयाँ सरकारलाई सुझाव दिए ।
यादवले संविधान संशोधन गरेर स्थानीय तह दोस्रो चरणको निर्वाचनको राम्रो वातावरण बनाउन सरकार तयार हुनुपर्ने भन्दै उनले संविधान संशोधन गरेर सबैको मागलाई सम्बोधन नगरे जनताको विद्रोह, संघर्ष र बलिदानबाट प्राप्त गणतन्त्र, संघीयता र समावेशी लोकतन्त्रजस्ता उपलब्धि धरापमा पर्ने चेतावनी दिए ।अध्यक्ष यादवले मधेश आन्दोलनका क्रममा जेल परेका बन्दीको तत्काल रिहा र झुटा मुद्दा खारेज गर्न पनि सरकारसँग माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानी प्रधानमन्त्रीको लोकप्रियता दर पहिलो पटक ५० प्रतिशतभन्दा तल
-
कोरियाबाट फर्केका नेपालीको सीप र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणमा लगाउनुपर्नेमा जोड
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ
-
१८ महिना नाघेका सबै मुद्दा फर्स्योट गर्ने लक्ष्यमा उच्च अदालतलाई सफलता
-
काठमाडौँमा तेस्रो अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन आयोजना हुने
-
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको स्वास्थ्य अधिकारबारे मन्त्री मेहतासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण