बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

बजारले अघिल्लै दिनको लय पक्रियोः सबै सूचक रातो

बिहीबार, २५ जेठ २०७४, १६ : ०९
बिहीबार, २५ जेठ २०७४
काठमाडौं, जेठ २५–सेयर कारोवारका हिसावले साताको अन्तिम दिन बिहीबार बजारले अघिल्लै दिनको लय लिएको छ । अघिल्लो दिन दोहोरो अंकले घटेको बजार आज पनि ७ दशमलव ९४ अंकले ओर्लिएको छ । यो गिरावटसँगै बजार एक हजार ६ सय १५ दशमलव १९ अंकमा झरेर अडिएको छ । एक सय ४९ कम्पनीको ८ लाख ४ हजार ९ सय ३९ कित्ता सेयर किनवेचवाट ४८ करोड ९७ लाख एक हजार ५ सय ४४ रुपैयाँको सेयर कारोवार भएको छ । आज सवै सूचक रातो भएका छन् । बैकिङ समूहको सूचक ७ दशमलव ४१ अंकले घटेको छ भने होटल समूहको सूचक ४० दशमलव ४६ अंकले ओरोलो लागेको छ । विकास बैंक समूहको सूचक ० दशमलव ८७ अंकले घटेको आज जलविद्युत समूहको सूचक ३ दशमलव ५४ अंकले घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । वित्त कम्पनीको सूचक ७ दशमलव ७२ अंकले घटेको आज बीमा समूहको सूचक ३९ दशमलव ८ अंकले घटेको छ । यस्तै, उत्पादनमुलक समूहको सूचक १७ दशमलव ६३ अंकले घट्दा अन्य समूहको सूचक ६ दशमलव ६५ अंकले घटेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप