बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

राराको सौन्दर्यमा हराए प्रदीप र अश्लेषा, फैलियो प्रेम

बिहीबार, २५ जेठ २०७४, १६ : १३
बिहीबार, २५ जेठ २०७४
काठमाडौं, जेठ २५ – छायाँकन समय देखिनै चर्चामा रहेको चलचित्र ‘प्रेमगीत २’ अर्काे उत्कृष्ट गीत रिलिज गरेको छ । बर्ष २०७४ को प्रतीक्षित सुचिमा रहेको यो चलचित्रको रोमान्टिक ड्रामा रहेको ‘बिस्तारै बिस्तारै’ गति रिलिज गरिएको हो । रक गायक रोहितजोन क्षेत्रीको स्वर, कम्पोज र शब्द रहेको गीत प्रदीप खड्का र अश्लेषा ठकुरी माथी फिचरिङ गरिएको छ । गीतमा रारा तालको सौन्दर्य, ल्यान्डस्केप निकै आकर्षक तवरले देखाइएको छ । प्रदीप र अश्लेषको अभिनयले गीत सिगार्ने काम गरेको छ । गीत जो केनाही दर्शकको जनजिब्रोमा झुन्डिने खालको रहेको छ । साउन १३ बाट प्रदर्शनमा आउने चलचित्र रामशरण पाठकले निर्देशन र सन्तोष सेनले निर्माण गरेका हुन् । ओम गुरुङ सहनिर्माता रहेको चलचित्र आशुसेन फिल्मसको ब्यानरमा निर्माण भएको हो । – गीतले मुगुमा रहेको रारा तालको पर्यटन विकासमा पनि सहयोग पुग्ने विश्वास आफुले लिएको निर्माता सेनले बताए । https://www.youtube.com/watch?v=ylf6Tx7sI8I

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप