बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

एक रुपैयाँमै प्रभु बैंकको अास्वा सेवा

बिहीबार, २५ जेठ २०७४, १६ : १४
बिहीबार, २५ जेठ २०७४
काठमाडौं, जेठ २५–प्रभु बैक लिमिटेडले ग्राहकलाई बैकको केन्द्रिय कार्यालय तथा सम्पूर्ण शाखा कार्यालयबाट आस्वा सेवा एक रुपैयाँमै उपलव्ध गराउने भएको छ । यस प्रणाली अन्र्तगत धितोपत्र निष्काशन हुँदाका बखत लगानीकर्ताबाट दरखास्त फारम बुझेर निजको यस बैकमा भएको चल्ती, बचत वा कल खातामा रोक्का राखी दरखास्तको हिष्सा दिइने पनि बैंकले जनाएको छ । धितोपत्र बाँडफाँट भएपछि निबेदकको नाममा शेयर बाँडफाँट भए बराबरको रकम मात्र खाताबाट कट्टागरि बाँकी रकम सोही खातामा फुकुवा गरिने जनाइएको छ । बैंकले यो सेवा अन्र्तगत यस बैकका १३४ शाखाबाट दरखास्त लिने व्यवस्था सहित बैक खाता तथा डिम्याट खाता पनि सहजताका साथ खोल्ने व्यवस्था गरेको छ । आश्वा सेवा संचालन गर्ने इजाजत बैंकले गत माघ ५ गते पाएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप