बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

सिंगाका एक युवाले बगरमा फलाए खर्बुजा

बिहीबार, २५ जेठ २०७४, १६ : ४६
बिहीबार, २५ जेठ २०७४
म्याग्दी, जेठ २५– म्याग्दीको बेनी नगरपालिका–४ सिंगाका युवा कृषक भगवान खड्काले बगरमै खर्वुजा गरी आकर्षक आम्दानी गर्न सफल भएका छन् । म्याग्दी नदीको छेवैमा नदीले खेतवारी खटान गरी बनेको बगरमा खड्काले गत बर्षदेखि खर्वुजा खेती सुरु गरेका हुन् । म्याग्दी नदीले कटान गरेको खेतसहित ६ रोपनी खेतमा खर्वुजा खेती गरेका खड्काले यो बर्ष उत्पादन भएको खर्बुजा बजारीकरण गर्न थालेको बताए । उनले एक रोपनी बगरमा गरेको खर्वुजा खेतीबाट मात्रै उत्पादन भएको करिब तीन सय किलो खर्वुजा विक्रि भईसकेको जानकारी दिए । ‘पाँच रोपनी मकैबारीमा समेत खर्वुजा खेती गरेको थिए, दुई साताभित्र यो पनि बजारीकरण भैसक्छ, यो बर्ष करिब एक हजार किलो खर्बुजा विक्रि हुने अनुमान गरेको छु’–कृषक खड्काले बताए । उनले बजारमा प्रतिकिलो ४० देखि ५० रुपैयाँ सम्ममा खर्बुजा विक्रि गरेका छन् । बिषादी रहित तवरले उत्पादन गरेकाले स्वास्थ्यलाई समेत लाभदायी हुने भएकाले गर्मियाममा बजारमा खर्बुजाको माग उच्च हुने उनको अनुभव छ । जिल्ला कृषि विकास कार्यालयबाट अनुदानमा उपलब्ध भएको बिउ लिएर खर्वुजा खेती सुरु गर्नुभएका खड्काले आगामी बर्ष २५ रोपनी मकैखेतमा खर्बुजा खेती गर्ने योजना रहेको बताए । खड्कासंगै बेनी नगरपालिका–४ सुर्केमेलाका भीमबहादुर बानियाँले समेत व्यवसायिक रुपमा खर्वुजा खेती गर्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप