किशोरी बलात्कार गरेको आरोपमा मगर पक्राउ
बिहीबार, २५ जेठ २०७४, १६ : ५०
उदयपुर, जेठ २५- राति सुतिरहेकीे एक किशोरीलाई बलात्कार गरेको आरोपमा उदयपुर जिल्लाको बेलका नगरपालिका–६ बबला बस्ने २५ वर्षीय रामकुमार मगरलाई पक्राउ गरिएको छ ।
मगरलाई किशोरी बलात्कार गरेको आरोपमा आज बिहानै पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । बुधबार राति मगरले किशोरीको घरमा गएर जबर्जस्ती करणी गरेको पीडित किशोरीलाई उद्धृत गर्दै प्रहरीले बताएको छ ।
किशोरीले छिमेकीलाई हारगुहार गरेर कराएपछि मगर फरार भएका थिए । प्रहरीमा आज बिहानै खबर आएपछि मगरलाई खोजी गरेर पक्राउ गरिएको इप्रकाका प्रमुख सुबास राईले बताए । पीडित युवतीलाई उपचारका लागि बिपी मेमोरियल अस्पताल सुनसरी लगिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानी प्रधानमन्त्रीको लोकप्रियता दर पहिलो पटक ५० प्रतिशतभन्दा तल
-
कोरियाबाट फर्केका नेपालीको सीप र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणमा लगाउनुपर्नेमा जोड
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ
-
१८ महिना नाघेका सबै मुद्दा फर्स्योट गर्ने लक्ष्यमा उच्च अदालतलाई सफलता
-
काठमाडौँमा तेस्रो अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन आयोजना हुने
-
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको स्वास्थ्य अधिकारबारे मन्त्री मेहतासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण