एमाले कार्यकर्ताको आक्रमणबाट काँग्रेस कार्यकर्ता घाइते
बिहीबार, २५ जेठ २०७४, १६ : ५३
खोटाङ, जेठ २५ - चुनावी प्रचारप्रसारका क्रममा नेकपा (एमाले)का कार्यकर्ताको आक्रमणबाट खोटाङमा नेपाली काँग्रेसका एक कार्यकर्ता घाइते भएका छन् । दुई पार्टीबीचको विवादपछि बुधबार राति एमाले कार्यकर्ताको आक्रमणबाट हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका १७ वर्षीय अर्जुन राउत घाइते भएका हुन् ।
एमाले कार्यकर्ताको आक्रमणका कारण घाइते भएका राउतको आँखा तथा ढाडमा गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालय, खोटाङका प्रहरी नायब उपरीक्षक नवीनकिशोर प्रधानले बताए । घाइते राउतको स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि जिल्ला अस्पताल दिक्तेल लैजाने तयारी गरिएको आफन्तले बताएका छन् ।
राउतमाथि आक्रमण गर्ने एमाले कार्यकर्ता हलेसी तुवाचुङ नगरपालिका–७ सल्लेका धनकुमार भुजेललाई नियन्त्रणमा लिएर आवश्यक कारबाही थालिएको प्रनाउ प्रधानले बताए । घटनाको विषयमा थप जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
यता, आफ्ना कार्यकर्तामाथि निर्घात कुटपिट भएको भन्दै काँग्रेसले आपत्ति जनाएको छ । एमालेले गलत मनासायबाट कुटपिट गरेको भन्दै काँग्रेस हलेसी तुवाचुङ नगरपालिकाले आपत्ति जनाउँदै आज विरोध जुलुस निकालेको छ ।
काँग्रेसले घाइतेको उचित उपचार र कुटपिटमा संलग्नलाई हदैसम्मको कारबाहीको माग गर्दै इप्रका, हलेसीमा एक घन्टा धर्ना दिएको छ ।
हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवामा स्थानीयवासीको घरमा पार्टीको झन्डा राखेको विषयमा काँग्रेस र एमालेबीच विवाद भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानी प्रधानमन्त्रीको लोकप्रियता दर पहिलो पटक ५० प्रतिशतभन्दा तल
-
कोरियाबाट फर्केका नेपालीको सीप र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणमा लगाउनुपर्नेमा जोड
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ
-
१८ महिना नाघेका सबै मुद्दा फर्स्योट गर्ने लक्ष्यमा उच्च अदालतलाई सफलता
-
काठमाडौँमा तेस्रो अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन आयोजना हुने
-
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको स्वास्थ्य अधिकारबारे मन्त्री मेहतासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण