पराजुलीविरुद्धको रिट खारेज, प्रधानन्यायाधीश बन्न बाटो खुल्यो
बिहीबार, २५ जेठ २०७४, १७ : २४
काठमाडौँ, जेठ २५- सर्वोच्च अदालतले कामु प्रधानन्यायाधीश गोपाल पराजुलीलाई प्रधानन्यायाधीश पदमा सिफारिस नगर्न मागसहित दायर रिट निवेदन आज खारेज गरेको छ ।
न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले पराजुलीको शैक्षिक प्रमाणपत्र र उमेरका सम्बन्धमा कुनै पनि प्रमाणित आधार नभेटिएकाले रिट निवेदन खारेज गरेको हो ।
बुधबारदेखि कामु प्रधानन्यायाधीशको कार्यभार सम्हाल्नुभएका पराजुलीलाई अब प्रधानन्यायाधीश बन्न बाटो खुलेको छ ।
राष्ट्रपतिको कार्यालय, संसदीय सुनुवाइ विशेष समिति, न्यायाधीश पराजुली, संवैधानिक परिषद् र न्यायपरिषद्लाई विपक्षी बनाई अधिवक्ता विकास गिरीले यही जेठ १७ गते रिट निवेदन दायर गरेका थिए ।
नागरिकता र शैक्षिक योग्यतामा विवादित न्यायाधीशलाई प्रधानन्यायाधीशमा सिफारिस नगर्न आदेशको मागसहित रिट निवेदन दायर गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानी प्रधानमन्त्रीको लोकप्रियता दर पहिलो पटक ५० प्रतिशतभन्दा तल
-
कोरियाबाट फर्केका नेपालीको सीप र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणमा लगाउनुपर्नेमा जोड
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ
-
१८ महिना नाघेका सबै मुद्दा फर्स्योट गर्ने लक्ष्यमा उच्च अदालतलाई सफलता
-
काठमाडौँमा तेस्रो अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन आयोजना हुने
-
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको स्वास्थ्य अधिकारबारे मन्त्री मेहतासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण