पटाका कारखानामा विस्फोट हुदा २५ को मृत्यु
बिहीबार, २५ जेठ २०७४, १८ : २४
नयाँ दिल्ली, जेठ २५ –मध्ये भारतको एउटा पटाका कारखानामा भएको भीषण विस्फोटनमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या २५ पुगेको छ ।
यस विस्फोटमा परी बुधबार १२ व्यक्तिको मृत्यु भएको जानकारी दिइएको थियो । पछि घाइतेहरुमध्ये थप १३ जनाको मृत्यु भएको थियो ।
सो विस्फोटबाट गम्भीर घाइते भएका अझै पनि सात व्यक्ति उपचारार्थ अस्पताल भर्ना भएका छन् ।
बुधबार भएको विस्फोटपछि भएको आगलागीमा जलेर अरू केही घाइते भएका र घाइतेहरूमध्ये केहीको अवस्था गम्भीर रहेको अधिकारीहरूलाई उद्धृत गर्दै विभिन्न सञ्चार माध्यमहरूले जनाएका थिए ।
भारतको मध्य भागमा पर्ने मध्य प्रदेशको बालाघाटमा रहेको कारखानामा सो घटना भएको ती सञ्चारमाध्यमहरूले जानकारी दिएका थिए ।
आगलागी भएको झन्डै दुई घण्टापछि मात्रै आगो नियन्त्रणमा आएको थियो । विस्फोटनको कारणका बारेमा अहिलेसम्म केही स्पष्ट हुन सकेको छैन । कारण अनुसन्धानरत रहेको प्रहरीले जनाएको छ ।
भारतमा कार्यस्थलमा यस्ता दुर्घटनाहरू बारम्बार भईरहेको पाइन्छ । सुरक्षाको दृष्टिले पर्याप्त सतर्कता नअपनाइएकाले यस्ता दुर्घटनाहरू बेलाबेलामा हुने गरेको अधिकारीहरुको दावी रहेको छ । रासस÷एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानी प्रधानमन्त्रीको लोकप्रियता दर पहिलो पटक ५० प्रतिशतभन्दा तल
-
कोरियाबाट फर्केका नेपालीको सीप र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणमा लगाउनुपर्नेमा जोड
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ
-
१८ महिना नाघेका सबै मुद्दा फर्स्योट गर्ने लक्ष्यमा उच्च अदालतलाई सफलता
-
काठमाडौँमा तेस्रो अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन आयोजना हुने
-
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको स्वास्थ्य अधिकारबारे मन्त्री मेहतासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण