बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

नयाँ शक्तिका नेता भन्छन्– सीके राउत धेरै इमान्दार

बिहीबार, २५ जेठ २०७४, १८ : ३०
बिहीबार, २५ जेठ २०७४
काठमाडौं, जेठ २५– नयाँ शक्ति पार्टीका नेता रामकुमार शर्माले मुलुक विखण्डनको अभियान चलाएका सीके राउत धेरै इमान्दार भएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले संसदीय राजनीति गर्ने अहिलेका नेता भन्दा बताएका छन् । सघीयता कि स्वतन्त्रता भन्ने सामाजिक सञ्जालमा बहस चलाउँदै शर्माले राउतको प्रशंशामा धेरै नै शब्द खर्चिएका छन् । ‘राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक र प्रशासनिक राजनीतिको सुक्ष्म अध्ययन गर्दा स्वतन्त्रताको आन्दोलनमा लागेका प्रमुख नेता डा. सिके राउत अर्को पक्षका नेताहरू भन्दा इमानदार, दृढ़ संकल्प र उद्देश्यप्रति अबिचलित देखिन्छ ।’ शर्माले भनेका छन् । जनताको व्यापक सांगठनिक संरचना बनाउन सकेमा, संसदीय नेतालाई लडाउन सकेमा, अन्तर्राष्ट्रिय शक्तिको बिश्वास जित्न सकेमा हाल राजनीतिमा रहेका पहाड़ी र मधेसी नेताहरूको नीति, विचार र अवसरवादी, भ्रस्टाचारी र राष्ट्रघाती क्रियाकलाप यस्तै रही रहेमा नेपाली जनताले चाहेमा वा नचाहेमा पनि देश स्वतन्त्रताको बाटोबाट कसैले रोक्न नसक्ने शर्माको तर्क छ । शर्माले स्वतन्त्रताको बाटोका लागि केही आधारहरुसमेत प्रस्तुत गरी सामाजिक सञ्जालमार्फत बहस थालनी गरेका छन् । राज्यद्वारा सुरक्षा, न्यालय, कर्मचारी प्रशासन, लगायत सबै तह र निकायमा बिभेद, औपनिबेशिक किसिमले शासन र शोषण गर्नु, एउटै देशका नागरिकसँग शासक र शोषितको फरक–फरक व्यवहार गर्नु, शासक वर्गले द्वन्दलाई सम्बोधन गर्न नचाहनु जस्ता कारणले स्वतन्त्रताको बाटो रोज्न सक्ने उनको तर्क छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप