पर्सा ट्राफिकद्वारा २३७ इ–रिक्सा नियन्त्रणमा
बिहीबार, २५ जेठ २०७४, १८ : ३५
पर्सा, जेठ २५ – सवारी चालक अनुमतिपत्र नलिई वीरगन्ज महानगरपालिकाभित्र सञ्चालन गरिरहेका इ–रिक्सालाई जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले नियन्त्रणमा लिएको छ ।
महानगरपालिकाको मर्लीचोक, गण्डक चोक, पावरहाउस चोक, मूर्ली बगैचा चोक, शङ्कचारचार्यद्वारलगायत स्थानमा चेकजाँच गर्दा सवारी चालक अनुमतिपत्र नभएका चालकले सञ्चालन गरिरहेका २३७ वटा इ–रिक्सालाई आवश्यक कारबाहीका लागि नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख रवीन्द्रप्रसाद भट्टराइले जानकारी दिए ।
महानगरक्षेत्रभित्र एक हजार दुई सयभन्दा बढीको सङ्ख्यामा सञ्चालित रहेको इ–रिक्साका कारण सडक जामको समस्या बढ्दै गएपछि जाँचलाई तीव्रता दिइएकोे उनले बताए ।
नारायणी अञ्चल यातायात व्यवस्था कार्यालय वीरगन्जले इ–रिक्सा चालक अनुमतिपत्रका लागि चालु आर्थिक वर्षभित्रै दुई पटकसम्म सूचना आह्वान गरेपनि वीरगन्जका इ–रिक्सा चालकले आवेदन नैं नदिई आफुखुसी सवारी सञ्चालन गर्दै आएको निरीक्षक भट्टराइले जानकारी दिए । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानी प्रधानमन्त्रीको लोकप्रियता दर पहिलो पटक ५० प्रतिशतभन्दा तल
-
कोरियाबाट फर्केका नेपालीको सीप र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणमा लगाउनुपर्नेमा जोड
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ
-
१८ महिना नाघेका सबै मुद्दा फर्स्योट गर्ने लक्ष्यमा उच्च अदालतलाई सफलता
-
काठमाडौँमा तेस्रो अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन आयोजना हुने
-
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको स्वास्थ्य अधिकारबारे मन्त्री मेहतासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण