मत सङ्केतको सही प्रयोगबारे मतदाता शिक्षा दिइँदै
बिहीबार, २५ जेठ २०७४, १९ : २१
काठमाडौँ, जेठ २५ – निर्वाचन आयोगले आगामी असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा मतदातालाई मतपत्रमा सहीरुपमा कसरी मत सङ्केत गर्ने भन्ने विषयलाई प्राथमिकता दिई मतदाता शिक्षा कार्यक्रम अघि बढाएको छ ।
गत वैशाख ३१ गते भएको पहिलो चरणको निर्वाचनको अनुभवबाट पाठ सिकेर मतदाता शिक्षा कार्यकर्तालाई प्रत्येक घरमा पुगेर आफूले दिएको शिक्षाबारे प्रतिवेदन पेस गर्न आयोगले खटाएको छ ।
सदर मत प्रतिशत बढाउन तथा बदर मत प्रतिशत घटाउने दोस्रो चरणको निर्वाचनलाई लक्षित गरेर आयोगले मतदान हुन तीन दिनअघि असार ११, १२ र १३ गते मतदाता परिचयपत्र वितरण गर्ने स्थानमा सक्कली मतपत्र प्रदर्शनमा राख्ने व्यवस्था पनि गरिने छ ।
पहिलो चरणको निर्वाचनमा प्रारम्भिक आँकडाअनुसार २ देखि ३ प्रतिशतको हाराहारीमा मतपत्र बदर भएको अनुमान छ ।
निर्वाचनसँग सम्बन्धित कानुनी व्यवस्था, मतदाता शिक्षाको कमी र ठूलो मतपत्रका कारण बदर मतको सङ्ख्या बढ्ने देखिएको छ ।
आयोगका सहसचिव नवराज ढकालले मतदाता शिक्षाका लागि पहिलो चरणमा प्रयोग भएका उपायका अतिरिक्त साङ्गीतिक र नाटकीय प्रस्तुतिका अतिरिक्त सडक नाटकको पनि आयोजना गरिने बताए।
स्थानीय भाषाभाषीको सघनता भएका स्थानमा स्थानीय भाषामै मतदाता शिक्षासम्बन्धी सूचना, सन्देश र जानकारी दिने व्यवस्था मिलाइएको जानकारी दिँदै उनले सामुदायिक सङ्घसंस्था, गैरसरकारी संस्थासमेतलाई परिचालन गर्नेगरी संयुक्त राष्ट्रसङ्घीय प्रणालीसँग सहकार्य पनि गरिएको जानकारी दिए ।
नमुना मतपत्रका माध्यमबाट नमुना मतदानका साथै पर्चा, पम्प्लेट, रेडियो, टेलिभिजन, पत्रपत्रिकाका माध्यमबाट पनि सघनरुपमा मतदाता शिक्षालाई अघि बढाउने बताउँदै सहसचिव ढकालले नागरिक समाजसँगको अन्तक्र्रिया र राजनीतिक दलसँगको संवादलाई पनि जोड दिइनेछ भने ।
दोस्रो चरणको निर्वाचनमा ९० लाख ९७ हजार ५५७ मतदातालाई मताधिकार छ भने त्यसका लागि आयोगले ११ हजार ८३३ मतदान केन्द्रमा सामाजिक परिचालन, महिला स्वयम्सेविका र सामुदायिक विद्यालयका शिक्षक शिक्षिकालाई मतदाता शिक्षा कार्यकर्ताका रुपमा परिचालन गरेको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानी प्रधानमन्त्रीको लोकप्रियता दर पहिलो पटक ५० प्रतिशतभन्दा तल
-
कोरियाबाट फर्केका नेपालीको सीप र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणमा लगाउनुपर्नेमा जोड
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ
-
१८ महिना नाघेका सबै मुद्दा फर्स्योट गर्ने लक्ष्यमा उच्च अदालतलाई सफलता
-
काठमाडौँमा तेस्रो अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन आयोजना हुने
-
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको स्वास्थ्य अधिकारबारे मन्त्री मेहतासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण