बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

आपूर्ति अनुगमन : अखाद्य मासु नष्ट

बिहीबार, २५ जेठ २०७४, १९ : २९
बिहीबार, २५ जेठ २०७४
काठमाडौँ, जेठ २५ – काठमाडौँ उपत्यकाको विभिन्न मासु पसल तथा कोल्ड स्टोरमा सडेगलेका खसी तथा कुखुराका ३८ किलोग्राम मासु नष्ट गरिएको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाको आजकोे विशेष अनुगमनका क्रममा क्रममा दाङ भ्याली कोल्ड स्टोर, सतुङ्गलमा उक्त मासु नष्ट गरिएको हो । आज कूल आठ मासु पसलमा अनुगमन गरिएको थियो । उक्त मासु पसललगायत अन्यमा पनि प्याकेजिङ मासुमा अनिवार्य लेबल राख्न, पशु राख्ने सेड निर्माण गर्न, कामदारलाई मास्क एप्रोन लगाउन र सरसफाइमा विशेष ध्यान दिन निर्देशन दिइएको विभागका निर्देशक लक्ष्मण श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार त्यसैगरी सार्वजनिक यातायाततर्फ जम्मा ३२ वटा सवारी साधन जाँच भएकामा १३ वटाले तोकिएकोभन्दा बढी भाडा असुल गरेकाले यात्रुलाई तत्काल फिर्ता गरी प्रत्येकलाई रु पाँच हजारसम्म जरिवाना गरिएको छ भने दुई सवारी साधनलाई नियन्त्रणमा लिइएको छ । पेट्रोलियम पदार्थका लागि चार वटा पम्पको आठ वटा नोजल चेक हुँदा कुमारी आयल स्टोर बत्तिसपुतलीको एक वटा मिटरमा कैफियत देखिएकाले कारोबार रोक्का गरिएको छ । स्वास्थ्य सेवातर्फ जम्मा ११ वटा फर्मको अनुगमन हुँदा क्यानभास फर्मास्युटिकल प्रालि क्षेत्रपाटीमा म्याद नाघेको औषधि नष्ट गरियो भने औषधिमा एमआरपी स्ट्रिकर टाँसेकाले २४ घन्टाभित्र औषधि व्यवस्था विभागमा उपस्थित हुन निर्देशन दिइएको छ । यही जेठ २३ गतेदेखि सुरु भएको विशेष अनुगमनका क्रममा आज जम्मा ६६ वटा व्यावसायिक फर्मको अनुगमन भएको थियो । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप