बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

धुलिखेलमा जनप्रतिनिधिको जमघट (फोटोफिचर)

बिहीबार, २५ जेठ २०७४, १९ : ४४
बिहीबार, २५ जेठ २०७४
बिजु महर्जन धुलिखेल जेठ २५– संघीय मामिला तथा स्थानिय विकास मन्त्रालयले प्रदेश नम्बर ३ अन्तर्गत १३ जिल्लाका २३६ प्रतिनिधका लागि अभिमुखिकरण शुरु गरेको छ । बिहीबारदेखि धुलिखेलमा शुरु भएको अभिमुखिकरण तीन दिनसम्म चल्ने संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका प्रवक्ता (सह–सचीव) रुद्रसिंह तामाङ्गले जानकारी दिए । दुई दशकपछि निर्वाचित प्रतिनिधिहरुलाई कसरी काम शुरु गर्ने भन्नेबारे दुबिधा धएको विषय सहज बनाउनका लागि अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको तामाङ्गले बताए । ‘स्थानीय जनप्रतिनिधिहरुबीच घुलमिल गराउने र आ–आफ्नो निकायमा गएको बजेट कसरी चलाउने भन्नेबारे विज्ञहरुबाट ओरेन्टेशन सञ्चालन गर्छौ’ प्रवक्ता तामाङ्गले भने, ‘स्थानीय गाउँपालिका र नगरपालिकाहरुको अधिकार केहो भन्नेबारे तिन दिने बसाइमा छलफल हुन्छ ।’ अभिमुखीकरणमा २ महानगर, एक उप–महानगर, ४१ नगरपालिका र ६९ गाउँपालिकाका मेयर, उपमेयर तथा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष सहभागी छन् । शनिवार धुलिखेल घोषणापत्र जारी गर्दै अभिमुखीकरण समापन गरिने मन्त्रालयले जनाएको छ । बिहीबार उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री बिजय गच्छदारले अभिमुखीकरणको उद्घाटन गरेका थिए । हेर्नुस्, सम्मेलनमा सहभागी नवनिर्वाचित स्थानीय प्रतिनिधिहरु फोटोमा ः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप