भारत र श्रीलङ्का बाहेक तेस्रो मुलुक जाने नेपालीले ‘नो अब्जेक्सन लेटर’ देखाउनुपर्ने
बिहीबार, २५ जेठ २०७४, २० : ३६
काठमाडौँ, जेठ २५ – भारत र श्रीलङ्का हुँदै तेस्रो मुलुक जाने नेपाली नागरिकले ती देशका अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली दूतावासले दिएको ‘नो अब्जेक्सन लेटर’ देखाउनुपर्ने प्रावधानका लागि नेपालले पहल गर्ने भएको छ ।
पछिल्लो समय भारत र श्रीलंका हुँदै मानवतस्करले नेपालीलाई विभिन्न मुलुकमा लगि अलपत्र पार्ने तथा महिलालाई खाडीमा लगि बेचबिखन गर्ने क्रम बढेपछि त्यसलाई रोक्न यो प्रावधान लागू गर्न लागिएको हो ।
अध्यागमन विभागमा आज बसेको सरोकारवाला मन्त्रालयका प्रतिनिधिको बैठकले ती दुवै मुलुक हुदै वैदेशिक रोजगारी र पर्यटक प्रवेशाज्ञामा तेस्रो मुलुक जानेले ‘नो अब्जेक्सन लेटर’ देखाएमात्रै विदेश जान दिन भारत र श्रीलङ्कासँग कूटनीतिक पहल गर्न सरोकारवाला मन्त्रालयलाई आग्रह गर्ने निर्णय भएको विभागका महानिर्देशक गङ्गाराम गेलालले जानकारी दिए ।
सो प्रावधान अहिले पनि रहेकोमा त्यसको प्रभावकारी कार्यान्वयन नभएकाले कार्यान्वयनका लागि कूटनीतिक पहल अगाडि बढाउनुपर्ने निष्कर्ष बैठकले निकालेको हो । विभागमा बसेको बैठकमा परराष्ट्र, गृह, श्रम तथा रोजगार, महिला तथा समाज कल्याण मन्त्रालयका प्रतिनिधि र माइती नेपालका अध्यक्ष अनुराधा कोइरालाको सहभागिता थियो ।
महानिर्देशक गेलालले मानव बेचबिखन र ओसारपसारका घटना बढेसँगै त्यसलाई रोक्ने उपायबारे आजको छलफल केन्द्रित रहेको जानकारी दिए । यसैगरी भारतमा अलपत्र नेपाली नागरिकको तत्काल उद्धारका लागि संयन्त्र निर्माण गर्न भारतसँग समझदारी गर्नुपर्ने निर्णयसमेत बैठकले गरेको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन बहस पत्र कार्यदलले बुझायो प्रतिवेदन
-
नेपाली बजारमा बजाज चेतकका दुई नयाँ विद्युतीय स्कुटर भित्रिँदै
-
विद्युतीय पूर्वाधारमा ८० अर्ब लगानी गर्ने सरकारको योजना
-
कतार भ्रमण सकेर स्वदेश फर्किए उपराष्ट्रपति यादव
-
‘शरणार्थी बनाएर बेच्न हिसाबकिताब राखिएको डायरी अदालतमा बुझाएका छौं’
-
बागमतीका एमाले सांसदलाई प्रश्नः सरकारबाट हट्नै लाग्दा फेरि किन राजीनामा होल्ड भयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण